देविका मंग्राती राईको `काव्यप्रेक्षण´ लोकार्पण
देविका मंग्राती राईको `काव्यप्रेक्षण´गत शनिबार सिलगढी देवकोटा संघको प्रेक्षागृहमा लोकार्पण गरियो।
वरिष्ठ साहित्यकार डा.गोकुल सिन्हाको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रम वरिष्ट साहित्यकार प्राध्यापक डा.नरेशचन्द्र खातीको प्रमुख अतिथ्यता अनि मिलन रूचालको विशेष अतिथ्यतामा सम्पन्न कार्यक्रममा वरिष्ट नारी हस्ताक्षर गुरूआमाहरूमा स्नेहलता राई,विन्द्या सुब्बा, डा.गीता छेत्री,मातृका गजमेर, उर्मीला घिसीङ, आशा मुखिया लामा विशिष्ट अतिथिमा हुनुहुन्थ्यो।
कृति प्रकाशनको हिसाबले देविका मङ्ग्रतीको यो दोस्रो कृति हो।यो कृति शकुन्तला राई प्रकाशन गृहबाट प्रकाशित पुस्तक हो।उनको पहिलो कविता कृति `फागुन! तिमी फर्किआउनू !´हो। कार्यक्रम वरिष्ट साहित्यकारहरूमा सर्वश्री युवराज काफ्ले, मोहन ठकुरी,कृतिकारका बुबा एम बी मंग्राती, ज्ञानेन्द्र खतिवडा लगायतका विशिष्ट साहित्य साधकहरुको उपस्थितिमा कृतिको लोकार्पण गरिएको थियो ।
लोकार्पण कृतिको समीक्षा समीक्षकहरू डा.राजकुमार छेत्री, दिपक सुवेदी र प्रदिप रसाईलीले गर्नुभएको थियोे ।
काव्यप्रेक्षण कृतिको लोकार्पण पश्चात गायक कृष्ण मंग्रातीको ´पूर्णेको जूनजस्तै` गीतको समेत लोकार्पण गरिएको थियो ।
कार्यक्रममा वरिष्ट नारी हस्ताक्षरहरूलाई एकमुष्टमा मंचमा समेत सम्मान गरिएको आयोजक संस्थाका सदस्यले जानकारी दिए।
कार्यक्रममा दार्जीलिङ,ऋषिहाट, घुम, सोनादा, दिलाराम, सिपाहीधुरा, खरसाङ, सिक्किम, कालेबुङ,नागरी, मिरिक, सिलगढी, नेपाल आदि स्थानबाट साथै विभिन्न संघ संस्थाबाट साहित्य स्रष्टाहरू,आग्रजहरू, साथै देवकोटा संघका सदस्यहरूको बाक्लो,उपस्थितीले कार्यक्रम ओजस्वी भएको थियो ।
कार्यक्रममा बबिता मादेनको उत्कृष्ट उदघोषणा, खेम सापकोटाको सुन्दर स्वागत सम्बोधन, मिना लामा राईको स्रष्टा परिचय र सरोजिनीको पृथक धन्यबाद ज्ञापनले कार्यक्रम अविस्मरणीय भएको थियो ।