दार्जिलिङमा स्रष्टाहरू सम्मानित
हिँजो भदौ ८ गते दार्जीलिङमा एक बृहत् साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । वरदान सम्मान समूहकोे आयोजना रहेकाे उक्त कार्यक्रममा समूहकी अध्यक्ष गायिका सोनु राईको सभाध्यक्षता रहेकाे थियो भने कृषि विभागका उपनिर्देशक युनोस लेप्चाको प्रमुख आतिथ्य रहेको थियो ।
नेपाली साहित्य सम्मेलनको सुधपाकक्ष दार्जिलिङमा सम्पन्न सो कार्यक्रममा सिपी शर्मा भट्टराईको विशिष्ट उपस्थिति रहेको थियो भने दार्जिलिङ, सिलगढी, मिरिक, खर्साङ तथा नेपालबाट सयौंको संख्यामा गायक गायिका तथा सर्जक स्रष्टाहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा टी.बी. चन्द्र सुब्बाद्वारा लिखित २४०० पृष्ठको विश्वमा मानव सभ्यता जातीय बृहत् इतिहास: संस्कृति र परम्परा नामक पुस्तकको लोकार्पण गरिएको थियो भने लेखक सुब्बालाई पुरस्कृत समेत गरिएको थियो ।
सुमित्रा थामी अविरलले कार्यक्रम संचालन गरेकी थिइन् । विभिन्न ठाउँबाट उपस्थित भएका साहित्य तथा संगीतका साधकहरुलाई सम्मान गरिएको सो कार्यक्रममा झापाका अग्रज पत्रकार तथा साहित्यकार चन्द्र भण्डारी, कवि विष्णु न्यौपाने तथा स्रष्टा दीपक सुवेदीलाई समेत सम्मान गरिएको थियो ।