‘थारू समाज संस्कृति र साहित्य’ विषयमा कार्यशाला गोष्ठी सम्पन्न
झापा, पौष २७ । कविडाँडा साहित्य समाज चितवनले कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । ‘थारू समाज संस्कृति र साहित्य’ विषयमा केन्द्रित कार्यशाला गोष्ठीमा वक्ताहरूले संस्कृतिमाथिको विखण्डन रोक्न आग्रह गरेका छन् । लेखक नीलम कार्की निहारिकाले इतिहासप्रति नेपालीको रुचि नहुनु दुःखद कुरा हो भन्दै “साहित्य संस्कृतिसँग जोडिएको छ र संस्कृति नबुझी साहित्य लेख्न सकिँदैन,” भन्ने धारणा व्यक्त गर्नुभएको थियो ।
“चितवनका थारूको वन, नदी र हावासँगको इतिहास बोकेको छ । यो जनतासमक्ष पुर्याउन जरुरी छ,” भन्दै चितवनको इतिहासबारे बोल्ने क्रममा प्रा.डा थोमसरमण टनले थारूलाई बाहिर राखेर चितवनको इतिहास अपूरो हुने बताउनुभयो उहाँले भन्नुभयो । डा. सञ्जय महत्तोले “विद्यमान थारू संस्कृति प्रकृतिमा आधारित सनातन हिन्दु संस्कृति हो । जङ्गल, खोला, माटो तथा कृषि औजार पुज्ने थारूको परम्परा हो,” भन्दै थारू समुदाय ज्ञान र सिपमा धनी भए पनि मौलिकता सङ्कटमा परेको बताउनुभयो ।
कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले आधुनिकता र आयातित संस्कृतिले थारू समाजमा पनि प्रभाव पारेको धारणा राख्नुभयो ।