गजलकार सन्दिप थपलिया ‘सानु’को ‘मकरन्द’ सार्वजनिक

दिलिप घिमिरे · पौष २६, २०८२ ८:०१ PM
Cover Image for News

झापा २६पुस/ गजलकार सन्दिप थपलिया ‘सानु’को ‘मकरन्द’ गजल सङ्ग्रहको गृह विमोचन गरिएको छ।
झापाको बिर्तामोडमा नेपाली गजल साहित्यको एक सशक्त कृति थपिएको छ।कार्यक्रम बिर्तामोडस्थित साई पार्टी प्यालेसको सभाहलमा विमोचन गरिएको हो ।
शनिबार सम्पन्न उक्त साहित्यिक समारोहको अध्यक्षता साहित्यकार प्रकाश संग्रौलाले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ कवि तथा साहित्यकार केशव आचार्य रहेका थिए ।

 प्रमुख अतिथि आचार्यले आफू अझै पनि साहित्यको विद्यार्थी रहेको बताउँदै `मकरन्द’ गजल सङ्ग्रहले समकालीन गजल लेखनमा मौलिकता र गहिराइ प्रस्तुत गरेको र यस कृतिले सानु थपलियाको सिर्जनात्मक यात्रामा अझ परिपक्वता हासिल हुने बताए ।
 कार्यक्रममा प्रमुख अतिथि,गजलकार सन्दिपका बुबा,आमा,श्रीमती लगायत मञ्चासिन विशेष अतिथिहरुले संयुक्तरूपमा गजल कृतिको विमोचन गरेका थिए ।

फोटो
कार्यक्रममा गजलकार‘सानु’सहित गजलकार राज भट्टराई,टिका खड्का ‘राष्ट्रप्रेमी’ र दर्शन घिमिरे ‘सरकार’ले आ-आफ्ना गजलहरू वाचन गरेका थिए । गजलकारले प्रकृतिप्रेम,श्रृङ्गारीक,प्रेम प्रणयका यथार्थ चित्रण गरिएका गजलहरुले हलमा उपस्थित सबैको तन, मन र ध्यान केन्द्रित गर्न सफल भएको थियो। 
अनप्लग वाचनद्वारा आयोजना गरिएको गृह विमोचन कार्यक्रमलाई स्रष्टा सुनिता तामाङले सञ्चालन गरेकी थिइन् ।

ट्यागहरू:
गजल
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।