धरानमा किराँत तथा वैदिक दर्शनमाथि गम्भीर विमर्श सम्पन्न
झापा, पौष २७ । धरानमा विमर्श कार्यक्रम सम्पन्न भएको छ । आचार्य ऋषिराज लुम्सालीको सृष्टिसम्बद्ध विषयमा किराँत तथा वैदिक दर्शनको तुलनात्मक अनुशीलनको ग्रन्थमाथि केन्द्रित रहेर किराँत तथा वैदिक दर्शनमाथि गम्भीर विमर्श भएको हो । विमल पुस्तकालयका अध्यक्ष पूर्ण गुरुङको सभाध्यक्षता तथा सरणकुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा प्रा.डा भीम खतिवडा, प्रा.डा बद्रीविशाल पोख्रेल र प्रा.डा टङ्क न्यौपानेद्वारा आफ्ना धारणा राखिएको थियो । प्रा.डा गोपाल भण्डारी, प्रा.डा खेमनाथ दाहाल, प्रा.डा चन्द्रमणि नेपाल, प्रा.डा भरत भट्टराई डा. दिवाकर रेग्मी डा. नित्यानन्द खतिवडा, प्रचार्य काशीनाथ पौडेललगायत पचास भन्दा बढीको उपस्थिति रहेको कार्यक्रममा डा मोहन तुम्बा, डा गुरु कोइराला र चिन्तक मोहन तिम्सिनाद्वारा मन्तव्य राखिएको थियो ।
ट्यागहरू:
सहित्य
samachar
svikarokti
nepalisahitya
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्यानबेराको तीज विशेष साहित्यिक कार्यक्रम सम्पन्न
खगिन्द्रा खुसी - बुधबार २६ अगष्ट २०२६
धुलाबारीमा इष्ट होराइजन नेपाली साहित्य क्लब गठन
Khagendra Khushi - सोमबार २४ अगष्ट २०२६
काठमाडौंमा ‘नेपालभाषा कविता कन्सर्ट’ सम्पन्न
दिलिप घिमिरे - सोमबार २४ अगष्ट २०२६
अनेसास नेपालमा मन्जिला अनिल अध्यक्षमा निर्वाचित, महासचिवमा रमेश दाहाल निर्विरोध
खगिन्द्रा खुसी - सोमबार २४ अगष्ट २०२६