धरानमा किराँत तथा वैदिक दर्शनमाथि गम्भीर विमर्श सम्पन्न
झापा, पौष २७ । धरानमा विमर्श कार्यक्रम सम्पन्न भएको छ । आचार्य ऋषिराज लुम्सालीको सृष्टिसम्बद्ध विषयमा किराँत तथा वैदिक दर्शनको तुलनात्मक अनुशीलनको ग्रन्थमाथि केन्द्रित रहेर किराँत तथा वैदिक दर्शनमाथि गम्भीर विमर्श भएको हो । विमल पुस्तकालयका अध्यक्ष पूर्ण गुरुङको सभाध्यक्षता तथा सरणकुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा प्रा.डा भीम खतिवडा, प्रा.डा बद्रीविशाल पोख्रेल र प्रा.डा टङ्क न्यौपानेद्वारा आफ्ना धारणा राखिएको थियो । प्रा.डा गोपाल भण्डारी, प्रा.डा खेमनाथ दाहाल, प्रा.डा चन्द्रमणि नेपाल, प्रा.डा भरत भट्टराई डा. दिवाकर रेग्मी डा. नित्यानन्द खतिवडा, प्रचार्य काशीनाथ पौडेललगायत पचास भन्दा बढीको उपस्थिति रहेको कार्यक्रममा डा मोहन तुम्बा, डा गुरु कोइराला र चिन्तक मोहन तिम्सिनाद्वारा मन्तव्य राखिएको थियो ।
ट्यागहरू:
सहित्य
samachar
svikarokti
nepalisahitya
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
भुटानको गेलेफुस्थित शिवालय मन्दिरका लागि विश्वभरका श्रद्धालुलाई आर्थिक सहयोग गर्न आह्वान
खगिन्द्रा खुसी - सोमबार १९ अक्टोबर २०२६
महा-अष्टमीको अवसरमा असमका उत्कृष्ट विद्यार्थी अभिनन्दन कार्यक्रम सम्पन्न
दिलिप घिमिरे - सोमबार १९ अक्टोबर २०२६
श्रेया पोखरेलद्वारा लिखित उपन्यास ‘And They Say It’s EASY’ लोकार्पित
खगिन्द्रा खुसी - शनिबार १७ अक्टोबर २०२६
'म्युजिक भिडियो र लघुचलचित्र´प्रति राज्यको बेवास्ता
खगिन्द्रा खुसी - शनिबार १७ अक्टोबर २०२६