कथाकार रासाको ‘कहर वृत्त’ कथासङ्ग्रह सार्वजनिक

दिलिप घिमिरे · पौष २६, २०८२ ९:११ PM
Cover Image for News

झापा २६ पुस/कथाकार रासाको पहिलो नेपाली भाषामा लेखिएको ‘कहर वृत्त’ कथासङ्ग्रह विमोचन गरिएको छ । 
काठमाडौँमा ‘कहर वृत्त’ कथासङ्ग्रहको विमोचन मञ्चासिन नौजना साहित्यकारहरूबाट सुसम्पन्न गरिएको थियो । नौजनामा कार्यक्रमका प्रमुख अतिथि कवि/कथाकार शैलेन्द्र साकार, अतिथिहरू कवि/निबन्धकार श्यामल, कवि/कथाकार किशोर पहाडी, कवि/कथाकार राजव, कवि/कथाकार अविनाश श्रेष्ठ, समालोचक प्रा.डा. भरतकुमार भट्टराई, कवि/कलाकार नरेन्द्रबहादुर श्रेष्ठ, कवि/कथाकार रासा र कार्यक्रमका सभापति कवि/कथाकार नारायण तिवारी रहेका थिए । 

स्मरणीय के छ भने रासा आफ्नो मातृभाषा नेपालभाषामा पनि लेख्छन् ।
कार्यक्रममा रासाका जीवनसाथी मङ्गला र छोरी लचनासहित नेपाली र नेपाल भाषाका प्रख्यात कथाकारहरूको उपस्थिति थियो।

श्यामलले रासाको ‘कहर वृत्त’ कथामा विभिन्न पाश्चात्य साहित्यकारहरूको नाम समेत रहेको उल्लेख गर्दै रासाको अध्ययनशीलताबारे कोट्याएका थिए । 

यसैगरी समालोचक व्यक्तित्व प्रा.डा.भरतकुमार भट्टराईले रासाको कथालेखनलाई विश्लेषण गर्दै उत्तरआधुनिकताले सजिएको लेखन शैली छोटाछोटा र कवितात्मक रहेको तर यथार्थपरक र वास्तविक पात्रहरूबारे लेख्दा कल्पनाशीलता हुनुपर्ने तर्फ उनले कथाकारको ध्यान आकृष्ट गराए । 
कार्यक्रमलाई सञ्चालन गरेका थिए कवि/कथाकार दिव्य गिरीले । कार्यक्रममा श्रोता दीर्घामा समेत महत्वपूर्ण साहित्यिक व्यक्तित्वहरूको उपस्थितिले कार्यक्रमको गरिमा बढाएको थियो । 

ट्यागहरू:
कथा साहित्य ##
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
राजधानीमा‘शान्ति कविता गोष्ठी’ सम्पन्न
राजधानीमा‘शान्ति कविता गोष्ठी’ सम्पन्न
खगिन्द्रा खुसी - शुक्रबार २३ जनवरी २०२६
साहित्यकार लेकाली सम्मानित
साहित्यकार लेकाली सम्मानित
खगिन्द्रा खुसी - शुक्रबार २३ जनवरी २०२६
सापकोटाको ‘यात्राको लय’ लोकार्पण
सापकोटाको ‘यात्राको लय’ लोकार्पण
दिलिप घिमिरे - बुधबार २१ जनवरी २०२६