धरान मोडल एकेडेमीको साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न
धरान मोडल एकेडेमी प्रा.लिको १६ औं साधारण सभा प्रा. लिका अध्यक्ष श्री राजेन्द्र खड्काको सभापतित्वमा शनिबार धरान मोडल कलेजको सभा हलमा आयोजना भयो । सभामा श्री जेम आवासीय माध्यमिक विद्यालयको प्रतिवेदन विद्यालयका प्रधानाध्यापक श्री हरिहर कोइरालाले तथा धरान मोडल कलेजको प्रतिवेदन क्याम्पसका प्राचार्य श्री प्रवीन राईले प्रस्तुत गर्नुभएको थियो । धरान मोडल एकेडेमी प्रा.लि.को सचिवको प्रतिवेदन कम्पनी सचिव श्री गौरव सञ्ज्यालले प्रस्तुत गर्नुभएको थियो । यसैगरी धरान मोडल एकेडेमी प्रा. लि.का कोषाध्यक्ष श्री निश्चल सुवेदीले तयार पार्नुभएको आ.व.२०८१/०८२ को आर्थिक प्रतिवेदन कोषाध्यक्षको अनुमतिमा वित्त नियन्त्रक समेत रहनुभएका कम्पनीका सचिव श्री गौरव सञ्ज्यालले प्रस्तुत गर्नुभई सो प्रतिवेदन समेत साधारण सभाले पारित गरेको थियो । कार्यक्रममा धरान मोडल एकेडेमी प्रा. लिका शेयर सदस्य तथा पब्लिक हाइस्कुल धरानका प्राचार्य श्री इन्द्रमोहन झालाई वहाँले प्राप्त गर्नुभएको विद्यावारिधि उपाधिका (PH.D. Scholar) लागि तथा शेयर सदस्य श्री विष्णु बराललाई सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनमा सदस्य पदमा निर्वाचित हुनुभई कार्यसमितिको सचिव पदमा समेत मनोनित हुनुभएकामा सम्मान गरिएको थियो । कम्पनी अध्यक्ष श्री राजेन्द्र खड्का, प्रालिका सल्लाहकारद्वय श्री विष्णु खतिवडा तथा श्री जङ्गबहादुर भट्टराईले वहाँहरुलाई खादा तथा माला लगाई सम्मान गर्नुभएको थियो भने उपस्थित शेयर सदस्यहरुले वहाँलाई बधाई तथा शुभकामना दिनुभएको थियो । कार्यक्रमलाई कम्पनी सचिव श्री गौरव सञ्ज्यालले सञ्चालन गर्नुभएको समाचार प्रा.डा.भीम खतिवडाबाट प्राप्त भएको छ