कथाकार विष्णु भण्डारी आचार्यको ‘बकसपत्र’ र कवि रोहिणी रसिकको ‘छन्द आराधना’ को विमर्श

दिलिप घिमिरे · पौष २६, २०८२ ११:५० PM
Cover Image for News

झापा २६ पुस/कथाकार विष्णु भण्डारी आचार्यको लघुकथा सङ्ग्रह ‘बकसपत्र’ र कवि रोहिणी रसिकको कविता सङ्ग्रह ‘छन्द आराधना’ को शनिबार विमर्श गरिएको छ।

खोटाङ सामाजिक सेवा मञ्च, विराटनगरको सभाहलमा विमर्श कार्यक्रम सम्पन्न गरिएको हो।
आयोजक संस्थाका रूपमा ‘कोसी साहित्य–कला परिषद् नेपाल’ तथा सहआयोजकका रुपमा " छन्द वाटिका नेपाल"विराटनगर रहेको उक्त कार्यक्रम छन्दवाटिका नेपालका अध्यक्षमा हरि कट्टेलले गरेका थिए भने प्रमुख अतिथि प्राज्ञ विवश पोखरेल रहेका थिए । विमर्शकहरू डा. दिपक न्यौपाने, निरज कोइराला ,केशु बिरही र बाबुराम पोखरेलले कृतिहरुको विर्मश गरेको आयोजकले जानकारी दिएको छ।

फोटो
उक्त कार्यक्रममा कृतिभित्रका रचना वाचन मन्जु गिरी ,श्रीप्रसाद पोखरेल, शारदा भट्टराई , निर्मला नेपालले गरेका थिए । 
कार्यक्रममा स्रष्टा शारदा दाहाल भण्डारीको स्वागत मन्तव्य रहेको थियो भने सञ्चालन चिरञ्जीवी काफ्ले र नवराज पोखरेल ‘नवशिला’ले संयुक्तरूपमा गरेका थिए ।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।