शिवसताक्षीमा ६० औं बाल दिवस मनाइयो

दिलिप घिमिरे · भदौ २८, २०८१ ११:२८ PM
Cover Image for News

 झापाको शिवसताक्षीमा ६० औं बाल दिवस विविध कार्यक्रम गरि मनाइएको छ । शिवसताक्षी नगरपालिका शिक्षा शाखाको आयोजनामा झिलझिले माध्यमिक विद्यालयमा  गरिएको बालदिवस विविध कार्यक्रम गरी मनाइएको हो । कार्यक्रमको उद्घाटन शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्राले गरेका हुन् ।
 नगरप्रमुख थोप्राले नगरपालिकाले विद्यार्थीहरुको अन्तरनिहीत क्षमता विकासका लागि बालदिवसको अवसरमा विविध प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरिएको बताए । विद्यार्थीहरुले किताबी ज्ञान मात्र होइन बाहिरी ज्ञान पनि उतिकै आवश्यक छ । उनले भने,चौतर्फी  विकास भएमा मात्र विद्यार्थीले  भविष्यमा प्रगति गर्न सक्छ । नगरले बालदिवसको अवसरमा नगरका समुदायिक तथा संस्थागत विद्यालयहरुलाई समावेश गरि मावि तह (कक्षा ९ – १२) विद्यार्थीहरुलाई वादविवाद  प्रतियोगिता, आधारभूत तह (कक्षा ६–८) का विद्यार्थीहरुलाई निबन्ध लेखन प्रतियोगिता र आधारमूत तह (कक्षा १–५) विद्यार्थीहरु चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ।
 वादविवाद प्रतियोगितातर्फ मोती माध्यमिक विद्यायलकी छात्रा निरुता भट्टराई प्रथम, भानु मावि लालझोडाका छात्र सिर्जल पौडल द्वितीय,लालपानी माविकी छात्रा कौशिला विक तृतीय र  लक्ष्मी नारायण माविकी छात्रा प्रिया दर्नालले सान्तवना स्थान हासिल गरेका छन् । त्यस्तै निबन्ध लेखनतर्फ श्री राष्ट्रिय रमणीय आदर्श माविकी छात्रा करुणा खड्का प्रथम, जनआदर्श माविकी छात्रा प्रजिता भण्डारी द्वितीय, दिपेन्द्र आधारभूत विद्यालयका छात्र समिर थापा तृतीय र भगवती आधारमूत विद्यालयका छात्र युजन भुजेलले सान्तवना स्थान प्राप्त गरेका छन् । त्यसै गरी प्रतियोगितामा चित्रकलातर्फ रेडरोज एकाडेमीका छात्र जेन्स लिम्बु प्रथम, शुक्र माविका छात्र सेन्स राजवंशी द्वितीय,  भगवती माविकी छात्रा ममता थापा मगर तृतीय र  बालकल्याण आधारभूत विद्यालयका छात्र खगेन्द्र ताजपुरियाले सान्तवना स्थान हासिल गरेको शिक्षा शाखा प्रमुख छवि ढकालले जानकारी दिए ।
 प्रतियागितामा सबै विधामा उत्कष्ट हासिल गर्ने विद्यार्थीहरुलाई नगदसहित प्रमाणपत्र र मेडल वितरण गरिएको थियो । त्यसै गरी विजेता तीनै ओटा विधामा विजेता विद्यार्थीका विद्यालयहरुलाई समेत ट्रफी वितरण गरिएको थियो ।
 प्रतियोगितामा डा.कुमार सुवेदी, बद्री कार्की, मन्दिरा सुवेदी,  सोमनाथ गौतम, यजुर्वेदान्द भट्टराई, विष्णुबहादुर सुब्बा, सुस्मिता राईले सहजीकरण गरेका थिए ।
 कार्यक्रममा झिलझिले माविका एनसीसीका विद्यार्थीहरुले खुकुरी ड्रिल प्रदर्शन गरेका थिए भने, अन्य विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।
 कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, नेपाल शिक्षक महासंघ अध्यक्ष बेनुप्रसाद कार्की, विद्यालय व्यवस्थापन समिति अध्यक्ष पर्शुराम ढुंगाना, पूर्व प्रधानाध्यापक दिपक न्यौपाने, प्याब्सन शिवसाक्षी अध्यक्ष राम सुहाङ्ग लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको उपस्थिति रहेको थियो । वडाध्यक्ष सन्त फेउदिनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक गुरुप्रसाद पौडेलले गरेका थिए ।

ट्यागहरू:
साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू