संस्कार स्कुलमा ८औँ बार्षिक उत्सवमा नि:शुल्क स्वास्थ्य शिविर तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

फागुन ११गते/संस्कार इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ८औँ बार्षिक उत्सवको अवसरमा नि:शुल्क बृहत स्वास्थ्य शिविर तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
शिवसताक्षी नगरपालिका प्रमुख मेघाहाङ थोप्राको प्रमुख आतिथ्य रहेको कार्यक्रममा शिवसताक्षी वडा नम्बर ८का वडा अध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि सन्तकुमार फेउदिन कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो ।
नगरप्रमुख थोप्राले कार्यक्रमको उद्घाटन गर्दै संस्थागत विद्यालय र सामुदायिक विद्यालय बीचको अन्तर मेटाउदै लैजान नगरपालिका भित्र प्रशस्त प्रयास भइरहेको र आगामी दिनमा यो अन्तर निमिट्यान्न हुनेमा आफु विश्वस्त भएको बताउनु भयो।
दुई दिवसीय कार्यक्रम संस्कार विद्यालयका प्रिन्सिपल आशिष बस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो ।
पहिलो दिन विद्यालय सेवा क्षेत्रका अभिभावक, विद्यार्थी, शिक्षक, शिक्षिका लगायत आम नागरिक २सय भन्दा बढीको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको थियो।
विद्यालयका प्रधानाध्यापक आशिष बस्नेतका अनुसार विद्यालय परिसरमै भएको शिविरमा डाक्टर प्रियंका कटवालले स्त्री रोग तथा पाठेघरको क्यान्सर सम्बन्धी ब्रिफिङ गरेकी थिइन् ।
संस्कार अङ्ग्रेजी माध्यमिक विद्यालयको यो कार्यक्रमलाई स्थानीय मेची हेल्थ फार्मेसीले सहकार्य गरेको थियोे ।
स्वास्थ्य शिविरमा बिहानदेखि नै सहभागी भएर आफ्नो स्वास्थ्य परीक्षण गराउनेहरुको घुइँचो थियोे ।
कार्यक्रममा विद्यार्थीहरुले तयार गरेका विज्ञान तथा गणित विषयमा आधारित प्रदर्शनी समेत गरेका थिए।विद्यार्थीहरूद्वारा घर गाउँमा उपलब्ध सामाग्रीहरको प्रयोग गरि विज्ञान र गणित पाठ्यपुस्तकमा पढेका कुराहरूलाई प्रयोगात्मक सहितको प्रदर्शनी गरेका थिए।फुड फन फेस्टिवलमा विद्यार्थी,अभिभावक तथा शिक्षकशिक्षिकाहरु समेत स्वादिष्ट परिकारहरुमा रमाइरहेका थिए ।
कार्यक्रमको दोस्रो दिन विद्यार्थीहरूद्वारा सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए।विद्यार्थीहरूले नाटक,साङ्गितिक प्रस्तुति ,गायन र मौलिक नृत्यहरु प्रस्तुत गरेका थिए। कार्यक्रममा शिक्षकशिक्षिकाहरुले समेत सामूहिक नृत्य प्रस्तुत गर्दा विद्यार्थीहरू लाजाइ रहेका देखिन्थे।
झापाको शिवसताक्षी नगरपालिका वडा नं ८ झिलझिलेमा रहेको २०७३ सालमा स्थापना भएको यो विद्यालयमा कक्षा १० सम्म अध्ययन अध्यापन भइरहेको छ । कम्तिमा साढे ४०० विद्यार्थी अध्ययन गर्ने यो विद्यालयले विभिन्न समयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत सांस्कृतिक तथा खेलकुदका कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ ।
नेपाली समाजमा सदियौंदेखि चल्दै आएका भाषा, विभिन्न जातजातिका भेषभुषा, शैली, रीतिरिवाज, परम्परा र उपभोग्य वस्तुको उपभोग र प्रयोग गर्न विद्यार्थीलाई संस्कार सिकाउँदै आइरहेको छ ।
विद्यार्थीलाई सिकाएको संंस्कारकै कारण छोटो समयमा विद्यालयले पूर्वाधार , शैक्षिक गुणस्तर र उत्तिर्ण दरमा फड्को मारेको स्थानिय अभिभावकले बताएका छन् ।
स्थापनाको छोटो समयमा विद्यालयले प्राप्त गरेको उपलब्धिलाई अभिभावक र सरोकार राख्ने सरकारी तथा गैर-सरकारी संघ-संस्थासम्म पुर्याउनकाका लागि कुनै कसर बाँकी नराख्ने प्रिन्सिपल आशिष बस्नेतले बताए।
कार्यक्रममा विद्यार्थीहरू स्नेहा थापाले नेपालीमा र अनुश्री अधिकारीले अङ्ग्रेजी स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रममा विशिष्ट अतिथि शिक्षासेवी बिजयकुमार खरेल,गणेशमान अध्ययन प्रतिस्ठानका अध्यक्ष सन्तोष मेन्याङबो ,छिमेकी साकोस अध्यक्ष मोहन मैनाली,धरमपुर प्रज्ञा पाठशालाका प्रिन्सिपल चन्द्र मादेम्बा, डाक्टर स्मारिका खरेल लगायत विद्यार्थी ,शिक्षक,समाजसेवी ,सामाजिक ,शैक्षिक,बौद्धिक व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियोे ।शिक्षक कुमार प्रसाईं र शिक्षिका समीक्षा ढकालले कार्यक्रमको सञ्चालन संयुक्तरूपमा गरेका थिए ।




