साहित्यकार खनालको ‘मनको फित्कौली’ मुक्तक संग्रह लोकार्पण

दिलिप घिमिरे · चैत ३०, २०८२ ११:२१ AM
Cover Image for News

झापा,३० चैत /साहित्यकार ओमप्रसाद खनालको तेश्रो कृति ‘मनको फित्कौली’ मुक्तक संग्रहको लोकार्पण शनिबार गरिएको छ।

कार्यक्रम दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष बरिष्ठ साहित्यकार डा.गोपालप्रसाद भण्डारीको प्रमुख आतिथ्य र साहित्य कला सङ्गम दमकका अध्यक्ष विन्दु दाहाल मुकदर्शकको अध्यक्षतामा भएको थियोे ।

कृतिको प्रमुख अतिथि डा.भण्डारीसहित साहित्य कला सङ्गमका अध्यक्ष मुकदर्शक, पूर्व अध्यक्ष नरपति पाण्डे,पूर्व महासचिव दिपक सुवेदी, मिक्लाजुङ साहित्य समाजका मोरङ्गका अध्यक्ष ईन्द्रप्रसाद घिमीरे,कृतिकार ओमप्रसाद खनाल, भारत आसामका सहित्यकारहरु रामप्रसाद दाहाल र अनुप शर्मा,शैक्षिक व्यक्तित्वहरु लिलानाथ खनाल र शेषकुमार निरौला,कृतिकारकी जीवन सङ्गिनी तुलसा खनाल लगायतले संयुक्त रुपमा लोकार्पण गरेका थिए।

फोटो
लोकार्पण भएको उक्त मुक्तक सङग्रहको साहित्यकार शिशिर भट्टराईले समीक्षात्मक टिप्पणी गरेका थिए।यसअघि कृतिकार खनालले ‘हरिहर भजनमाला’भजन संग्रह,‘निलो आकाश’ कविता संग्रह वजारमा ल्याएका छन् । 

दिपिनी आधारभूत विद्यालयको सभाहलमा भएको उक्त कार्यक्रममा नव वर्ष -२०८३ को शुभकामना आदानप्रदान समेत गरिएको थियो । सो कार्यक्रममा सङ्गमका उपाध्यक्ष यादवप्रसाद अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सङ्गमका सचिव बीरेन्द्र खड्काले गरेका थिए ।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।