साहित्य चौतारीद्वारा धरावासी दम्पतीलाई अभिनन्दन,हरिनारायण भट्टराईको कृति लोकार्पण

दिलिप घिमिरे · कार्तिक १०, २०८१ ६:११ PM
Cover Image for News

१०गते कार्तिक / साहित्य चौतारी बिर्तामोड झापा नेपालको आयोजनामा  स्रष्टा अभिनन्दन,कृति विमोचन, तिहार, नेपाल सम्वत् ,छठ लगायत पर्वको शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ। 


   संस्थाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता तथा मानर्थ सल्लाहकार तथा अभिनन्दित अग्रज साहित्यकार  कोमलप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक सहसंरक्षक तथा महासचिव गौरव श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए। 
   कार्यक्रममा संस्थाका  संस्थापक सल्लाहकार, दीर्घ साहित्यसेवी गौरवमयी मदन पुरस्कार प्राप्तकर्ता कृष्ण धरावासीलाई अभिनन्दन गरिएको थियो ।

 सल्लाहकार संयोजक राजेन्द्र संग्रौलाले बाचन गरेको अभिनन्दन पत्र कार्यक्रममा प्रमुख संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठ,संस्थापक संरक्षक तथा बरिष्ठ उपाध्यक्ष उर्मिला बिमली श्रेष्ठ, प्रमुख अतिथि पोखरेललगायतले  धरावासीपत्नी कवि मञ्जु बिमलीसहित धरावासीलाई टीका, माला र अभिनन्दन पत्र प्रदान गरेका थिए। कार्यक्रममा साहित्यकार गणेश निरौलाले धरावासीको पृथक शैलीमा परिचय प्रस्तुत गरेका थिए। 

कार्यक्रममा प्राज्ञसभा सदस्यद्वय सुमित्रा वाङ्देल चेली, मुनाराज सेर्मा, प्राज्ञसभा पूर्वसदस्य सुभद्रा भट्टराई,आख्यानकार पुण्यप्रसाद खरेल, सहप्राध्यापक तथा हास्यव्यङ्ग्यकार चूडामणि वाशिष्ठ,  वरिष्ठ अधिवक्ता लीला उदासी, हेमनाथ अधिकारी, प्रा.डा.गङ्गाप्रसाद अधिकारी, मुक्ति उपाध्याय बराल (सिलगढी), विजय अधिकारी (सिलगढी), कवि केशव आचार्य मञ्चासिन गराएर कार्यक्रम अघि बढ्यो । 

 

कृति लोकार्पण गरिदैं
सोही कार्यक्रममा संस्थाका सल्लाहकार अभिनन्दित साहित्यकार हरिनारायण भट्टराईको दोस्रो कृति संरमरण एक समीक्षा अनेकको लोकार्पण गरिएको थियो । कृतिको संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठ,संस्थापक संरक्षक तथा बरिष्ठ उपाध्यक्ष उर्मिला बिमली श्रेष्ठ, प्रमुख अतिथि पोखरेल , अभिनन्दित स्रष्टा धरावासी, मञ्जु बिमली, साहित्यकार पुण्यप्रसाद खरेल, अन्तर्राष्ट्रिय अतिथि, अभिनन्दित  मानर्थ सल्लाहकार जीवन अधिकारी, मुक्ति बराल उपाध्याय लगायतले  गरेका थिए। कृतिकार भट्टराईको परिचय  पूर्व शिक्षक तोयानाथ काफ्लेले गरेको कार्यक्रममा कृतिको समीक्षा साहित्यकार चूडामणि बशिष्ठले गरेका थिए। 


 कार्यक्रममा  अभिनन्दित स्रष्टा  कृष्ण धरावासी र मञ्जु बिमलीले साहित्य चौतारीले  गरेको अभिनन्दन ऐतिहासिक  र आफूहरूले पाएको मध्ये सबैभन्दा ठूलो भएको बताए  । उनले साहित्य चौतारीलाई स्वर्ण बर्ष मनाउन शुभकामना दिए  । अन्तर्राष्ट्रिय अभिनन्दित स्रष्टा मुक्ति बराल उपाध्याय, प्राज्ञ सुभद्रा भट्टराई, पूर्व प्रधानाध्यापक बद्रीप्रसाद ओलीलगायतले  साहित्य चौतारीले सरकारले समेत गर्न नसकेको कार्य गरेको भन्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए। 


 तीलरुपा भट्टराई प्रकाशक रहेको संरमरण एक समिक्षा अनेक कृतिमा  एक संस्मरणसहित २० वटा समीक्षा रहेको प्राध्यापक चक्रपाणी भट्टराईले बताए। 

 साहित्यकारहरु विष्णुकुमार भट्टराई, भवानी क्षेत्री, डा.पुण्यप्रसाद सिग्देल, जीवनाथ सुवेदी, केशव भट्टराई, भानुभक्त कुभिण्डेली, मेघनाथ बन्धु, झाँक्रीखोले, आरती पोखरेल, जनार्दन उप्रेती, जय भण्डारी, कृष्णप्रकाश सुमार्गी, देवीचरण भण्डारी, मातृका सङ्ग्रौला, विन्दु दाहाल ‘मूकदर्शक’, लोकनाथ पौडेल, चित्रा पौडेल, दिलकुमारी बुढाथोकी, लक्ष्मी अच्युत ढुङ्गाना, गुरुभक्त नेउपाने, डि पी शर्मा, अनिरुद्र ओली, हरिप्रसाद नेउपाने, भीम खवास, परशुराम तिमसिना, लीला अनमोल, अभागी थेगुवा, हरिप्रसाद रिमाल, कल्पना ओली, दुर्गाप्रसाद सिग्देल, भक्त खपाङ्गी, दुर्गादेवी खनाल, हेमन्त भण्डारी, गोपाल ओली, अविकेशर ओली, बद्रीप्रसाद ओली, चक्रपाणी भट्टराई, उमा अधिकारी, गोपालप्रसाद सङ्ग्रौला, विनोद खनाल, हिम्मत नेम्बाङ, विवश बलिभद्र कोइराला, डिल्लीराम परदेशी, सेलिङ केसी, प्रिति बस्नेत, शिवप्रसाद मिश्र लगायत सयौं स्रष्टाहरुको उपस्थिति रहेको कार्यक्रम भव्य रह्यो ।

Photo

कार्यक्रमको सञ्चालन संस्थाका सचिव तुलसीप्रसाद निरौलाले गरेका थिए।

ट्यागहरू:
साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।