राधिका शाक्यको ‘स्मृतिमा बालकोट घर, सपनाको भग्नावशेष’ पुस्तक सार्वजनिक

दिलिप घिमिरे · भदौ २४, २०८३ ७:५८ PM
Cover Image for News

झापा २४ भाद्र/राधिका शाक्यको ‘स्मृतिमा बालकोट घर, सपनाको भग्नावशेष’ पुस्तक सार्वजनिक बुधबार सार्वजनिक गरिएको छ।

एक वर्षअघि आगजनीमा ध्वस्त भएको घर प्राङ्गणमा आयोजित कार्यक्रममा उनले यो पुस्तक सार्वजनिक गरेकी हुन् ।
 पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी श्रीमती शाक्यले घर निर्माण गर्दाका दुःख–सङ्घर्ष, घरसँगका किस्सा र जेनजी आन्दोलनको क्रममा भएको घटनालाई पुस्तकमा समावेश गरेकी छन् ।

एक वर्षअघि जेन–जी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको बालकोटस्थित आफ्नै घरको प्राङ्गणमा बुधबार आयोजित कार्यक्रममा शाक्यले पुस्तक सार्वजनिक गर्नुभएको हो ।

पुस्तकमा उहाँले घर निर्माण गर्दाका दुःख तथा संघर्ष, घरसँग जोडिएका विभिन्न किस्सा र जेन–जी आन्दोलनका क्रममा भएको घटनाक्रमलाई समेट्नुभएको छ । पुस्तक विमोचन समारोहमा शाक्यले जनताको माया र सद्भावकै कारण आफूहरू जीवित रहेको बताउनुभयो ।

उहाँले आफूहरूविरुद्ध अझै पनि विभिन्न आरोप लगाउने काम भइरहेको भन्दै एकमुठी सास रहेसम्म देशको सेवा गर्ने पवित्र भावनाका साथ आफूहरू अघि बढिरहेको बताउनुभयो ।

फोटो
शाक्यले आफूहरू कर्तव्यपथबाट कहिल्यै पछि नहट्ने दाबी गर्दै आफूहरूलाई दुःख दिनेहरू नै अन्ततः पतन हुने टिप्पणी गर्नुभयो । वर्तमान सरकारबाट जति दुःख पाए पनि त्यसलाई सामना गर्न आफूहरू तयार रहेको उहाँको भनाइ थियो । 

उहाँले आफ्नो पुस्तकमा भदौ २३ गतेदेखि भएका घटनाक्रमलाई समेटिएको जानकारी दिनुभयो । पुस्तकमार्फत त्यस अवधिमा आफूले भोगेका अनुभव, घरसँग जोडिएका स्मृति र आन्दोलनका क्रममा भएका घटनालाई दस्तावेजीकरण गर्न खोजिएको उहाँले बताउनुभयो ।

ट्यागहरू:
सहित्य जेन–जी
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।