रसिकको दाेस्राे कविता कृति ‘छन्द उपासना’ लाेकार्पण

दिलिप घिमिरे · कार्तिक ११, २०८१ ११:४३ AM
Cover Image for News

११गते कार्तिक /वरिष्ठ छन्द कवि रोहिणी रसिकको दाेस्राे कविता सङ्ग्रह ‘छन्द उपासना’ को खोटाङ सामाजिक सेवा मञ्च, विराटनगरले  लाेकार्पण गरेको छ।

 शनिबार आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार टङ्क न्यौपाने, विराटनगर महानगरपालिका प्रज्ञाप्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेल, चेतना संरक्षण प्रतिष्ठान नेपालकी अध्यक्ष प्राज्ञ गङ्गा सुवेदी, अग्रज साहित्यकार बलराम पोखरेल, नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल, सनातन धर्म सेवा समितिका अध्यक्ष कविराज न्यौपाने, आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारी ’मार्सेली’ लगायतले कवितासंग्रहकाे संयुक्त रूपमा लाेकार्पण गरेका थिए।

 हाल बिराटनगर -३ निवासी उनको पहिलो कृति छन्द आरधना हो।छन्द उपसना उनको दोस्रो कविता कृति हो। समालोचक छवि वैरागीले लाेकार्पित कृतिकाे समीक्षात्मक टिप्पणी गरेका थिए। उनले कवितासङ्ग्रहमा सामाजिक विकृतिविसङ्गतिप्रति विद्रोह ओकल्दै सभ्य समाज स्थापनाको पक्षमा सशक्त वकालत गरेका कविताहरूको आधिक्य रहेको बताए। 

 शब्द मिडिया प्रकाशन प्रालिले प्रकाशण गरेको सङ्ग्रहमा १२ शास्त्रीय छन्दका ५९ कविता अटाइएका छन्। कार्यक्रममा  वक्ताहरूले सङ्ग्रहका कविताहरूले छन्दको मर्यादा पालना गरेको तथा कविले हरेक विषयवस्तुलाई कलात्मक ढङ्गले प्रस्तुत गर्दै कवित्व प्रदान गरेकाले सङ्ग्रह पठनीय रहेको बताए।

सामूहिक तस्बिर
 प्रगतिवादी साहित्यकार रूद्र सुवेदीकाे अनुसार पुष्पलाल स्मृति भवन, पुष्पलाल चाेक, विराटनगरमा भएकाे कार्यक्रममा साहित्यकार प्रिन्स प्रमोद ढकाल, चिरञ्जिवी काफ्ले, तुलसी अधिकारी, नारायणप्रसाद पोखरेल, तारा पराजुली लगायतले लाेकार्पित कृतिका कविता वाचन गरेर कार्यक्रमकाे राैनक ल्याएका थिए।

ट्यागहरू:
साहित्य# छन्द #कविता
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।