रमेशकिरण पौडेलको कुहिएको पिण्ड एकाङ्गीको बिमोचन

खगिन्द्रा खुसी · माघ २४, २०८२ ८:५३ PM
Cover Image for News

झापा, माघ २३ । ईलाम जिल्ला सूर्योदय नगरपालिका वार्ड नं ४ ले आज आफ्नै सभाहलमा साहित्यकार रमेश किरण पौडेलको चौथो कृतिको रुपमा कुहिएको पिण्ड नामक एकाङ्गीको बिमोचन कार्यक्रम सम्पन्न गरेको छ।

 वडा सचिव तिर्थराज घिमिरे सनातनीले सन्चालन गर्नु भएको उक्त कार्यक्रमा वडा सदस्य पुन्य प्रसाद प‍ोख्रेलले अध्यक्षता गर्नु भएको थियो । वडा सदस्य जीवनकान्त न्यौपानेले स्वागत गर्नु भएको कार्यक्रममा स्थानीय विभिन्न ब्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।

फोटो
कार्यक्रममा पुस्तकका विषयमा जानकारी सर्जक पौडेलले गराउनु भएको थियो भने अध्यक्ष पोख्रेल लगायत उपस्थित अतिथिहरुको हातबाट कृति सार्वजनिक गरिएको थिय‍ो। लेखक पौडेलका चियाबारी कथा संग्रह २०५७, अध्यारो रात उपन्यास २०६३, विश्व सिसामहल खोज कृति २०७८, र उज्यालो दिन उपन्यास २०८२ यसअघि प्रकाशित कृति हुन् ।

लोकार्पित कृतिााथि स्थानीय जनक मा. वि.का प्र.अ. वेनुभक्त खनाल, समाजसेवी ब्यक्ति एकराज घिमिरे तथा विवेक शर्मा लामिछानेले बोल्नु भएको थियो । सूर्योदय ४ मै बसोबास गर्ने स्रष्टा पौडेललाई वडाको तर्फबाट कदर पत्र सहित सम्मान गरिएको थियो।

ट्यागहरू:
सहित्य samachar sahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।