रेखा-पवन र रमेश-गंगा स्रष्टा सम्मान घोषणा
झापा १४ फागुन /नेपाल स्रष्टा समाजले यस वर्षको रेखा- पवन स्रष्टा सम्मान र रमेशगंगा स्रष्टा सम्मान तीनजना स्रष्टाहरुलाई अर्पण गर्ने निर्णय गरेको छ ।
समाजले एक लाख एक सय एघार रुपैयाँ नगद राशिसहितको रेखा – पवन स्रष्टा सम्मान -२०८२ संयुक्तरुपमा अग्रज साहित्यिक पत्रकार तथा साहित्यकार नगेन्द्रराज शर्मा र रोचक घिमिरेलाई अर्पण गर्ने निर्णय गरेको छ।
यसैगरी एक्काईस हजार एक सय एघार रुपैयाँ नगद राशिसहितको रमेशगंगा स्रष्टा सम्मान – २०८२ द्वारा साहित्यकार डा. देवी नेपाललाई अर्पण गर्ने भएको छ ।
नेपाल स्रष्टा समाज,केन्द्रीय समितिको बैठकले निर्णय गरेका रेखा-पवन स्रष्टा सम्मान आगामी फागुन २४ गते र रमेशगंगा स्रष्टा सम्मान फागुन २६ गते समर्पण गरिने समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले जानकारी दिनुभएको छ ।
ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
नेपाल लिटरेरी ग्रुपको पोयट्री विद लाट्टे साँझ सम्पन्न
दिलिप घिमिरे - शनिबार १९ सेप्टेम्बर २०२६
सेभेन सिज अङ्ग्रेजी माविका विद्यार्थीसँग साहित्य कार्यक्रम सम्पन्न
दिलिप घिमिरे - शुक्रबार १८ सेप्टेम्बर २०२६
‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, धरावासी र आचार्यलाई पद्मश्री सम्मान प्रदान गरिने
दिलिप घिमिरे - बिहिबार १७ सेप्टेम्बर २०२६
रमेश प्रभातको ‘आँगनीमा फूल रोपेँ’ गजल सङ्ग्रह प्रकाशित
दिलिप घिमिरे - बुधबार १६ सेप्टेम्बर २०२६