पेन्सिलभेनियामा कथावाचन प्रतियोगिता भव्य रूपमा सम्पन्न

खगिन्द्रा खुसी · भदौ २३, २०८१ ११:१५ PM
Cover Image for News

आज मानसिक स्वास्थ्य अनुसन्धान तथा न्यूनीकरणका निम्ति कृयमाण फ़ाउन्डेशन (Kriyamana Foundation) ले  कथा वाचन कार्यक्रम सम्पन्न गरेको छ । “सङ्गालो: रिडिङ फर रिजिलियन्स” को नाममा अमेरिकाको पेन्सिल भेनियाको ह्यारिसवर्ग भन्ने ठाउँमा सम्पन्न भएको सो कार्यक्रममा भुटानी शरणार्थी स्रष्टाहरूद्वारा उनीहरुकै संघर्ष बलिदान र जीवनशैलीलाई समेटेर तयार पारिएका १६ वटा कथा वाचन गरिएको थियो । कथा १० देखि २४ वर्षसम्मका बालबालिका तथा युवाहरुले वाचन गरेका थिए । अमेरिकामा रहेका भुटानी शरणार्थी समुदायलाई सशक्त बनाउँदै, सँस्कार तथा सांस्कृतिक सम्पदालाई जगेर्ना गर्दै, मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि गर्नका लागि आफ्नै समुदायका मौलिक कथा सोही समुदायका बालबालिका तथा अभिभावकलाई सुनाउने नवीन प्रयास स्वरुप आयोजना गरिएको कार्यक्रममा फाउन्डेसनका अध्यक्ष भरत तिम्सिनाको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

penc.jfif 211.13 KB
       स्रष्टा पातलो अन्तरेद्वारा सन्चालन गरिएको कार्यक्रममा साहित्यकार गण्डकी पुत्र, भक्त घिमिरे तथा विष्णु माझीको विशिष्ट आतिथ्य रहेको थियो भने प्रतियोगितात्मक रुपमा सम्पन्न कार्यक्रमको निर्णायक मन्डलमा विश्व भूटानी साहित्य संघठनका सस्थापक अध्यक्ष डेन्जोम साम्पाङ, नेत्री बिनिता पुरी राई, नेपाली शिक्षा कार्यक्रम ह्यारिस्बर्गका प्रमुख साहित्यकार नविन भट्टराई,  नेत्री द्रौपदी प्रधान,  गजलकार धर्मेन्द्र तिम्सिना क्षितिज, र साहित्य परिषद् भूटानका अध्यक्ष गंगाराम लामीटारे रहेका थिए ।
pen.jfif 153.22 KB
निर्णायकहरूले कथाको गहनता, वाचनशैली, र प्रस्तुतीकरणका आधारमा प्रतियोगीहरूको मूल्याङ्कन गरेका थिए । कार्यक्रममा कृयमाण फ़ाउन्डेशनका सदस्य तथा पीएचडी शोधार्थी लीला चम्लगाईंद्वारा मानसिक स्वास्थ्य सम्बन्धी महत्वपूर्ण जानकारी प्रस्तुत गर्दै कार्यक्रमको उद्देश्यमा प्रकाश पारिएको थियो भने निर्णायक मण्डलका सदस्य नविन भट्टराईले निर्णय सुनाएका थिए । प्रतियोगितामा प्रथम स्थानमा आदर्श शर्मा, दोस्रो स्थानमा कौस्तुभ रीजाल, र तेस्रो स्थानमा कमला चापागाईं पर्न सफल भएका थिए भने प्रथम दोस्रो र तेस्रो स्थान प्राप्त गर्नेले क्रमशः $१०००, $७००, र $५०० नगद पुरस्कार प्राप्त गरेका थिए भने  सबै सहभागीहरूले कार्यक्रममा सहभागी भएर योगदान दिए वापत “कम्यूनिटी लुमीनरी अवार्ड” प्राप्त प्रादान गरिएको थियो ।
pen.jfif 153.22 KB
टुंगानाथ उपाध्यायको साङ्गीतिक प्रस्तुतिबाट उद्घाटन गरिएको कार्यक्रमको अन्त्यमा समेत साङ्गीतिक तथा साँस्कृतिक कार्यक्रम गरिएको थियो । 

ट्यागहरू:
सहित्य literature svikarokti nepalisahitya story
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू