नवनासोमा नवबर्षको शुभकामना कार्यक्रम सम्पन्न

दिलिप घिमिरे · वैशाख १, २०८२ २:१४ PM
Cover Image for News

बैशाख १गते/नवनासो साहित्य प्रतिष्ठानको आयोजनामा नव बर्षको अवसरमा शुभकामना आदानप्रदान  तथा रचना वाचन कार्यक्रम  सम्पन्न भएको छ । 

 प्रतिष्ठानको आफ्नै सभाहलमा सम्पन्न कार्यक्रममा भाषा,साहित्य,कला र संस्कृति संरक्षणमा स्थानीय सरकारले चासो र सहयोग गर्नुपर्ने र लेखक स्रष्टाहरुले पनि समय सापेक्ष र सकारात्मक सन्देश दिन सक्ने सृजना लेखिनु पर्ने कार्यक्रमका प्रमुख अतिथि साहित्यकार लिला अनमोलले बताइन् । 
 कार्यक्रममा शिवसताक्षी १का वडा अध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङको विशेष आतिथ्य रहेको थियो ।भाषा,साहित्य कला र संस्कृतिको संरक्षण सम्बर्द्धनमा नगरपालिकाले गर्नुपर्ने काम नवनासो साहित्य प्रतिष्ठानले आफ्नै बलबुताले गरिरहेकोमा वडा अध्यक्ष चेम्जोङले प्रसंशा गरे।
 वडाअध्यक्ष चेम्जोङले कार्यक्रमको प्रस्तावना सहित आउनुहोस् नवनासो साहित्य प्रतिष्ठानलाई सहयोग गर्न स्थानीय तह तयार रहेको बताए । 

२०४९ मा दर्ता भइ स्थापना भएको नवरङ साहित्य प्रतिष्ठान र २०६३मा दर्ता भइ स्थापना भएको धर्नासो साहित्य प्रतिष्ठान धरमपुरका यी दुबै संस्थाको अस्तित्व रहने गरि नवरङको `नव´ अनि धर्नासोको `नासो´जोडेर २०७२मा नवनासो साहित्य प्रतिष्ठानको स्थापना भएको हो ।शिवसताक्षी नगरपालिकाकै सबैभन्दा पुरानो दर्तावाल साहित्यिक संस्था हो यो।करिब सात लाखौंको अक्षयकोषबाट दुइवटा पुरस्कारको वितरण ,पुस्तकालय सञ्चालन र अन्य  नियमित कार्यक्रमहरु गर्दै आइरहेको प्रतिष्ठानका अध्यक्ष  दिलिप घिमिरेले जानकारी दिए।सबैको साथ सहयोग रहे निकट भविष्यमा आफ्नै जग्गा र भवन हुने बताए । 

सामूहिक तस्बिर
कार्यक्रममा विशेष अतिथि अभागी थेगुवा,साहित्यकार विवश बलिभद्र कोइराला ,सेलिङ केसी ,बिरेन्द्र थोक्लिहाङ,मुकुन्द लामिछाने,भिजन गुरागाई,विराट किराँती,देशराज नेम्वाङ ,सञ्जय राई,याम कोइराला ,हाङओजा थेगिम,देउमान चेम्जोङ,बाल प्रतिभ प्रिन्स चापागाईं र दिप्सन घिमिरेले सृजना वाचन गरेका थिए। भने समाजसेवी माधवप्रसाद भण्डारी,दिल बहादुर लिम्बू ,ताराप्रसाद गौतम ,इन्द्रकुमारी पाण्डे चन्द्रवीर नेम्वाङले नव बर्षको शुभकामना मन्तव्य राखेका  थिए। 

कार्यक्रममा वडा सदस्य पूर्णजंग चेम्जोङ,व्यवसायी भोजकुमार ढकाल ,सामाजिक व्यक्तित्व केदार कार्की,नगेन्द्र बोहरा,तुलसी दाहाल,जयकुमारी चेम्जोङ,अमृत गिरि,अर्जुन राई,मोतीलाल खवास,वेनु अधिकारी, टंक न्यौपाने ,विचारी लावती, सरिता चेम्जोङ,भीमा खतिवडा ,सञ्चारकर्मी बन्दना काफ्ले लगायतको उपस्थिति रहेको थियो । 

प्रतिष्ठानका अध्यक्ष  दिलिप घिमिरेको अध्यक्षता भएको कार्यक्रममा स्वागत मन्तव्य  उपाध्यक्ष निहाङ किरातीले गरेका थिए भने कार्यक्रम सञ्चालन संस्थाका सचिव तेजेन्द्र घिमिरेले गरेका थिए ।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।