नवनासोमा नवबर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

दिलिप घिमिरे · वैशाख १, २०८३ ११:४७ AM
Cover Image for News

झापा १ बैशाख/नवनासो साहित्य प्रतिष्ठानको आयोजनामा नव बर्षको अवसरमा शुभकामना आदानप्रदान  तथा रचना वाचन कार्यक्रम  सम्पन्न भएको छ । 

प्रतिष्ठानको आफ्नै सभाहलमा सम्पन्न कार्यक्रममा भाषा,साहित्य,कला र संस्कृति संरक्षणमा स्थानीय सरकारले चासो र सहयोग गर्दै आइरहेको र लेखक स्रष्टाहरुले पनि समय सापेक्ष र सकारात्मक सन्देश दिन सक्ने सृजना र कार्यक्रमहरु ल्याउनु पर्ने कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षी नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङले बताए । वडाअध्यक्ष चेम्जोङले कार्यक्रमको प्रस्तावना सहित आउनुहोस् नवनासो साहित्य प्रतिष्ठानलाई सहयोग गर्न स्थानीय तह तयार रहेको समेत बताए । 
 
कार्यक्रममा साहित्यकार विवश बलिभद्र कोइरालाको विशेष आतिथ्य रहेको थियो ।भाषा,साहित्य कला र संस्कृतिको संरक्षण सम्बर्द्धनमा नगरपालिकाले गर्नुपर्ने काम नवनासो साहित्य प्रतिष्ठानले आफ्नै बलबुताले गरिरहेकोमा स्थानीय सरकारले चासो दिनुपर्ने बताए।

२०४९ मा दर्ता भइ स्थापना भएको नवरङ साहित्य प्रतिष्ठान र २०६३मा दर्ता भइ स्थापना भएको धर्नासो साहित्य प्रतिष्ठान धरमपुरका यी दुबै संस्थाको अस्तित्व रहने गरि नवरङको `नव´ अनि धर्नासोको `नासो´जोडेर २०७२मा नवनासो साहित्य प्रतिष्ठानको स्थापना भएको हो ।शिवसताक्षी नगरपालिकाकै सबैभन्दा पुरानो दर्तावाल साहित्यिक संस्था हो यो।करिब सात लाखौंको अक्षयकोषबाट दुइवटा पुरस्कारको वितरण ,पुस्तकालय सञ्चालन र अन्य  नियमित कार्यक्रमहरु गर्दै आइरहेको प्रतिष्ठानका अध्यक्ष  दिलिप घिमिरेले जानकारी दिए।सबैको साथ सहयोगमा निकट भविष्यमा बाल साहित्यको क्षेत्रमा लिएर आउने बताए।

फोटो
कार्यक्रममा साहित्यकार हरि पराजुली,मुकुन्द लामिछाने,विराट किराँती,कृष्ण काश्यप ,निहाङ किराँती,पृथ्वी बोहरा,देउमान चेम्जोङ,बाल प्रतिभ डायमड लामिछाने र दिप्सन घिमिरेले सृजना वाचन गरेका थिए भने समाजसेवी नगेन्द्र बोहरा,घनश्याम पोखरेल र चन्द्रवीर नेम्वाङले नव बर्षको शुभकामना मन्तव्य राखेका  थिए। 

कार्यक्रममा वडा सदस्य नारायणप्रसाद रिजाल ,सामाजिक व्यक्तित्व नरेन्द्र दाहाल,डिपी न्यौपाने, देउकुमारी राई,विचारी लावती,चन्द्रबहादुर घतानी र दिवस घिमिरे लगायतको उपस्थिति रहेको थियो । 

प्रतिष्ठानका अध्यक्ष  दिलिप घिमिरेको अध्यक्षता भएको कार्यक्रममा स्वागत मन्तव्य  उपाध्यक्ष टंक न्यौपानेले गरेका थिए भने कार्यक्रम सञ्चालन संस्थाका सचिव तेजेन्द्र घिमिरेले गरेका थिए ।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।