निर्दोष जीवनको मुक्तक संग्रह ’प्रेमको सुगन्ध’ प्रकाशित हुने

खगिन्द्रा खुसी · माघ १४, २०८२ ८:२२ PM
Cover Image for News

१३ माघ २०८२, मङ्गलबार । गजल मञ्च चितवनले प्रेमको सुगन्ध’  प्रकाशन गर्ने भएको छ । लेखक निर्दोष जीवनको मुक्तक संग्रह  ’प्रेमको सुगन्ध’ मुक्तक संग्रहमा दुई सय वटा मुक्तक समेटिएको छ । 

‘आशीर्वाद (गीत, मुक्तक र हाइकूसङ्ग्रह)’, नयाँ जीवन, प्रार्थना, मैयाँ, कोर्राको चोट, फस्ट लभ, प्रिय साथी, मेरो गीत र नोष्टाल्जिया गरी नौ वटा कृति प्रकाशित भइसकेका लेखक जीवनको यो नवौं कृति हो । 

साहित्य लेखनसँगसँगै गायन र संगीतमा रुचि राख्ने उहाँ तीनवटै विधामा सक्रिय हुनुहुन्छ । उहाँले गीत र मुक्तकबाट साहित्य लेखन सुरु गर्नुभएको थियो । 


ट्यागहरू:
सहित्य literature news
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।