‘मत्स्यकन्याको मुलुकमा’ नियात्रा सङ्ग्रहको परिचर्चा

दिलिप घिमिरे · साउन २२, २०८१ ८:४२ PM
Cover Image for News

 आज साहित्यकार रण काफ्लेको ‘मत्स्यकन्याको मुलुकमा’ नियात्रासङ्ग्रहकाे परिचर्चा काठमाडौंमा गरिएको छ।

 ज्योति साहित्य प्रतिष्ठान काठमाडौंको आयोजनामा आयोजित कार्यक्रम तुलसी दिवसको प्रमुख आतिथ्यमा भएको थियो ।

 रण काफ्लेले गौरवशाली नेपाली महिलालाई चिने झैं हामीले पनि समाजमा रहेका थुप्रै नारीशक्तिलाई चिन्नु पर्ने बताए ।‘मत्स्यकन्याको मुलुकमा‘ की नायिकाको सामजिक क्रियाशीलता थाहा पाएर आफू अत्यन्तै प्रभावित भएको उनको भनाइ थियो ।

 नेपाली जनजाति क्षेत्रकी पौरखी अगुवा तथा नेपाल माझी उत्थान केन्द्रकी केन्द्रीय अध्यक्ष चिनीमाया माझीको जीवनमा आधारित आख्यानात्मक शैलीमा लेखिएको यो नियात्रासङ्ग्रहमाथि परिचर्चाकार प्राडा भरतकुमार भट्टराईले भारतको आसाममा बसेर नेपाली साहित्यको सेवा गर्ने रण काफ्लेले लेखेकाे ‘मत्स्यकन्याको मुलुकमा’ नियात्रासंग्रह नेपाली साहित्यका लागि राम्रो उपलब्धि भएको बताए।

 कार्यक्रम अर्का परिचर्चाकार पूर्व प्राज्ञ नन्दु उप्रेतीले बर्मा एवम् भारतको मणिपुर,आसाम जस्ता ठाउँमा बसेर नेपालीभाषी साहित्यकारहरूले नेपाली भाषा र साहित्यका लागि गरेको योगदानको उच्च कदर गर्दै काफ्लेप्रति हार्दिक धन्यवाद व्यक्त गरेका थिए।
 कृतिकी नायिका चिनीमाया माझीले आफूलाई साहित्यिक कृतिमा समेटि दिएकोमा साहित्यकार काफ्लेप्रति आभारी हुँदै ज्योति साहित्य प्रतिष्ठान काठमाडौं विनेसाम ललितपुर जिल्ला शाखा र उपस्थित सबैप्रति धन्यवाद ज्ञापन गरेकी थिइन्।

 कृतिले नेपाली भूगोलको परिचय दिएको छ, माझी जातीको सिङ्गो संस्कृति, परम्परा, चालचलन, रीतिरिवाज, जीवनशैली सम्पूर्ण कुराको उत्खनन गरेको छ। यसले संघर्षशील एवं गौरवशाली इतिहास बनाइसकेका अरू नेपाली जीवनलाई कृतिमा रूपान्तरण गर्ने प्रेरणा प्रदान गर्छ।’ उप्रेतीले भने।

 असमको कार्बी आङलङ जिल्लाका साहित्यकार हुन् रण काफ्ले ।पेशाले शिक्षक हुन् ।उनको यो मत्स्यकन्याको मुलुकमा १६औं कृति हो। आसामका स्रष्टा काफ्लेको लेखनी प्रभावकारी छ भन्ने कुराको प्रमाण हालै उनको ‘रैथाने’ उपन्यासले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको सर्वोत्कृष्ट कृति पुरस्कार प्राप्त गरेकोबाट प्रमाणित भैसकेको छ। ‘मत्स्यकन्याको मुलुकमा´ले फेरि उनको लेखनी प्रभावकारी छ भन्ने सावित भएको छ।

 कवि मणिराज सिंह अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन  साहित्यकार ममता मृदुलले गरेकी थिइन् ।


ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू