क्याफेमा कविता’को ९औं श्रृंखला सम्पन्न

दिलिप घिमिरे · कार्तिक १६, २०८२ १०:३० PM
Cover Image for News

१५ कार्तिक झापा /क्याफेमा कविता ९ औं श्रृङखला छन्द विशेष कविता वाचन सम्पन्न गरेको छ ।
नेपाल बिटले प्रत्येक शनिबार आयोजना गर्दै  आइरहेको यो कार्यक्रम भने इटहरी स्थित सुष्मा कलेजको सभाहलमा सम्पन्न गरेको हो।

क्याफेमा कविता कार्यक्रममा झापा,मोरङ,
 सुनसरी लगायतका ८ जना कविहरुले छन्द कविताहरु प्रस्तुत गरेका थिए ।
 कार्यक्रममा प्रमुख अतिथि कवि मोहन भण्डारीले साहित्यले समाजमा चेतना र सकारात्मक सोच फैलाउने हुँदा यस्ता सृजनात्मक कार्यक्रमले युवाहरूलाई साहित्यप्रति आकर्षित गर्ने विश्वास व्यक्त गरे । 

फोटो
कार्यक्रम विश्व आदर्श कलेजका अध्यक्ष लेखनाथ घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै ‘क्याफेमा कविता’ अभियानले सर्जक र श्रोता बीचको आत्मीयता बढाएको र काव्यकला अभ्यासका लागि नयाँ ढोका खोलेको बताए ।

 नेपाल बिट मिडिया प्रालिका अध्यक्ष रामप्रसाद खरेलले कविता र काव्यको क्षेत्रको विकास गर्ने,यस क्षेत्रमा भएका, लुकेर बसेका, आफ्नो क्षेत्रमा प्रतिष्ठित भई सकेका सम्पूर्ण कविहरुको कवितालाई सुन्ने सुनाउने, नेपाली काब्य जगतमा योगदान पुग्न सकोस् भन्ने उदेश्यका साथ नेपाल बिटले क्याफेमा कविताको श्रृंखला शुरु गरिएको बताए ।
 

फोटो
कार्यक्रममा कविता वाचन गर्ने कविहरुमा विन्दु दाहाल मूकदर्शक, छवि वैरागी, टीका आत्रेय, हरि कट्टेल, रोहिणी रसिक, सरस्वती न्यौपाने, अभिमन्यु अभिजित र प्रतिष्ठा पोखरेल लगायतका स्रष्टाहरूले आफ्ना मौलिक र छन्दयुक्त कविता वाचन गरेर उपस्थित श्रोतालाई मन्त्रमुग्ध बनाएका थिए ।
छन्द विशेष कार्यक्रममा नेपाली कविताको परम्परागत सौन्दर्यलाई संरक्षण गर्दै आधुनिक दृष्टिकोण सहितका रचना प्रस्तुत गरिएका थिए । कार्यक्रमले युवा पुस्तामा साहित्यप्रतिको लगाव अझ बढाएको सहभागीहरूको भनाइ थियो ।

ट्यागहरू:
साहित्य# छन्द #कविता
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
 ‘धरणी’ सार्वजनिक
‘धरणी’ सार्वजनिक
दिलिप घिमिरे - सोमबार २७ अक्टोबर २०२५
माधव काफ्लेका तीन कृति प्रकाशित
माधव काफ्लेका तीन कृति प्रकाशित
खगिन्द्रा खुसी - सोमबार २७ अक्टोबर २०२५