मार्छ वर्षेनी हजारौं जनता पखालाले मार्छ
मार्छ वर्षेनी हजारौं जनता पखालाले मार्छ
मेरो देशमा जीवनजल सम्म नदिने सरकार छ
यतिबेला लागिरहेछ संसारकै धनी मै हूँ
यतिबेला आमाको काखमा मेरो निधार छ
ठिक चलेको हुन्छ समय बच्पन मै
मान्छेले फेरि बच्पन मै धेर घडी बिगार्छ
प्रिय यसरी पनि छुट्टिनुपर्छ आफन्तहरू बाट
प्रिय आँप कै झटारोले आँप कै फल झार्छ
मान्छे अझै बुद्धको सपना देख्न खोज्छ
सिरानी मुनि चाहिँ राखेको तरबार
ट्यागहरू:
गजल
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
मेरी दिदी
खगिन्द्रा खुसी - सोमबार १ जुलाई २०२४