मञ्जुश्री साहित्यिक समाजको अध्यक्षमा जिताली

दिलिप घिमिरे · कार्तिक ४, २०८१ ७:१७ PM
Cover Image for News

मञ्जुश्री साहित्यिक समाजको अध्यक्षमा जिताली

४गते कार्तिक /मञ्जुश्री साहित्यिक समाजको छैठौं साधारण सभाबाट ११ सदस्यीय नयाँ कार्यसमितिको चयन गरिएको छ ।
 मञ्जुश्री साहित्यिक समाज,नागार्जुन -१ ले हिजो डा. बमबहादुर थापा जितालीको अध्यक्षतामा छैटौं साधारणसभा सम्पन्न गरेको हो। कार्यक्रमको प्रमुख अतिथि प्रा.सीताराम अधिकारी र विशिष्ट अतिथि श्रीहरि फुयाँल हुनुहुन्थ्यो । 
 अघिल्लो कार्यसमितिको पदावधि पूर्ण भएकाले नयाँ कार्यसमिति चयन गरिएको हो।
 शालिग्राम शर्मा पौडेलको संयोजक रहेको निर्वाचन समितिले ११ सदस्यीय नयाँ  कार्यसमिति निर्विरोध चयन गरेको छ ।जस्तो अध्यक्षमा डा. बमबहादुर थापा जिताली,उपाध्यक्षमा ध्रुवराज पौडेल,सचिवमा वीरबहादुर लोहनी,कोषाध्यक्षमा नीरप्रसाद तिमल्सेना र सदस्यहरूमा टेकबहादुर लौडारी, इन्दिरा शाह,प्रभा बराल,गीता रेग्मी,रामरञ्जन पौडेल, हरिप्रसाद घिमिरे र शान्ता देवकोटा रहेका छन्।

 साधारण सभाले२०८०/ ८१ को आय व्यय विवरण तथा प्रगति प्रतिवेदन समेत प्रस्तुत गरी सर्वसम्मतिले पारित पनि गरेको छ ।
 यो संस्था २०७२ चैत २७ गते स्थापना गरिएको एक क्रियाशील साहित्यिक संस्था हो।अहिलेसम्म यो संस्थाले ३३ जना अग्रज साहित्यकार तथा समाजसेवीहरुलाई सम्मान तथा पुरस्कार समर्पण गरिसकेको छ भनें आठ जना नवोदित प्रतिभालाई पुरस्कार प्रदान गरिसकेको छ ।

मञ्जुश्री साहित्यिक समाज प्रकाशक भएर दुई दर्जन जति कृतिहरू प्रकाशित छन् भने यस संस्थाको आयोजनामा साहित्यिक पुस्तकहरू विमोचन पनि भएका छन् । यस संस्थाको आयोजना र नागार्जुन नगरपालिकाको प्रायोजनमा राष्ट्रिय कविता प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिएको छ ।
 यस संस्थाले श्रीरामसिंह बस्नेत,गङ्गा लिगको दातव्यबाट विपी- भूपि साहित्यिक पुरस्कार तथा सम्मानको कोष खडा गरेको छ भने लक्षण थापा र वीणा पौड्यालको दातव्यबाट "मञ्जुश्री साहित्यिक स्रष्टासम्मान तथा पुरस्कार"कोषको स्थापना गरिएको छ।
 हालसम्म पुरस्कार प्राप्त गर्नेहरूमा कवि प्रह्लाद पोख्रेल- खोटाङ, उपन्यासकार श्रेष्ठ प्रिया पत्थर- कैलाली, महाकाव्यकार भुवनहरि सिग्देल- काठमाडौं ,गीतकार कृष्णहरि बराल-कीर्तिपुर, अम्बिका अर्याल -गोर्खा र रञ्जु दाहाल -ओखलढुङ्गा रहेका छन् ।
 यसरी नै मञ्जुश्री साहित्यिक स्रष्टासम्मान तथा पुरस्कार प्राप्त गर्नेहरूमा महाकाव्यकार- मनिराज जोशी, कैलाली लगायत तेत्तीस जना स्रष्टालाई पुरस्कार समर्पण गरिएको अध्यक्ष थापाले बताए ।
 कार्यक्रमको सञ्चालन रामरञ्जन पौडेल र प्रभा बरालले संयुक्तरूपमा गरेका थिए ।

ट्यागहरू:
साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।