महाकविको ११६ अ‍ौं जन्म जयन्ती मनायो कल्पतरूले

दिलिप घिमिरे · कार्तिक १५, २०८१ ७:१० AM
Cover Image for News

१५गते कार्तिक /महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ अ‍ौं जन्म जयन्ती  बुधबार कल्पतरू प्रज्ञा प्रतिष्ठान गोकर्णेश्वर न पा  वडा नं ६ को आयोजनामा सम्पन्न गरियो  । 
र्यालीसहित देवकोटा पार्कमा पुगेर देवकोाको प्रतिमामा माल्यार्पण गरेपछि नगर परिक्रमाका साथ गोकर्णेश्वर न पा वडा नं ६को सभाहलमा आएर सभामा परिणत भएको थियो।

कल्पतरूका अध्यक्ष नवराज पुडासैनीको अध्यक्षता र गोकर्णेश्वर न पा वडा नं ६ का वडा प्रमुख नवराज लामाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा विदुला घिमिरेले देवकोटाको साहित्यिक विधागत व्यक्तित्व,कृतित्वबारे छोटकरीमा प्रकाश पार्नुभयो ।

विशेष आमन्त्रितहरूमा वसन्त रिजाल,नगेन्द्रराज शर्मा,गोविन्द घिमिरे वेदमणि,रामप्रसाद पन्त ,वाजुराम पौडेल ,विजय चालिसे,प्रह्लाद पोखरेल,शिवशंकर रिजाल (जोगिन्दर पानवाला) हुनुहुन्थ्यो ।
कल्पतरू प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष विमल अर्यालको  स्वागत मन्तव्यपछि विद्यार्थीहरू अनिस चौंलागाई,रमिसा केसी र प्रेरणा बस्ताकोटीबाट देवकोटाका झ्याउरे लयका कविता वाचन गरियो । 
देविका तिमिल्सिनाबाट वसन्त रिजालको परिचयमा समाजसेवी,साहित्यसेवी व्यक्तित्वमाथि प्रकाश पार्नुभयो ।
 वसन्त रिजाललाई रु २५ हजार नगदसहित पुरस्कृत सम्मानित हुनुभएको  थियो भने शिवराम कार्कीबाट शिवशंकरप्रसाद रिजालको परिचय र व्यक्तित्वमाथि प्रकाश पार्नुभएपछि उहाँलाई सम्मान अर्पण गरियो ।

फोटो
वसन्त रिजालले आफू पुरस्कृत भएकोमा आभार अर्पण गर्दै कल्पतरू प्रज्ञा प्रतिष्ठानमा अक्षयकोषका  लागि १ लाख प्रदान गर्ने घोषणा गर्नुभयो।सोही कोषमा विमल अर्यालले रु ५० हजार र नवराज पुडासैनीले रु २५ हजार थप गर्ने घोषणा पनि गर्नु गर्नुभएको थियो ।

प्रमुख आमन्त्रित नवराज लामा र नगेन्द्रराज शर्माको गहन मन्तव्यपछि ,उहाँहरूलाई अध्यक्षबाट मायाको चिनो अर्पण गरियो ।चर्चित साहित्यकारहरू गोविन्द घिमिरे वेदमणि र विजय चालिसेले सभालाई लघु तर सारभूत सम्बोधन  गर्नुभयो ।

अन्य उपस्थित स्रष्टाहरूमा लेखनाथ पुस्तकालय चन्द्रगढी झापाका अध्यक्ष कृष्ण सुवेदी निराकार,विराटनगर निवासी साहित्यकार गोकुल अधिकारी , खोलाघरे साहिंलो ,आलोक चालिसे,सुशील आचार्य ,शान्ति रिसाल, मेनका आचार्य,बी पी इलामे ,घनश्याम प्रसाईं,सुमन पुडासैनी ,पत्रकार जयराम विडारी,रमेश खनाल,मीना दाहाल रिजाल,उद्धव रायमाझी ,धन्वन्तरी मिश्र ,रामप्रसाद रिजाल,शिवप्रसाद पुडासैनी, मुकुन्द अर्याल,रमेशकुमार श्रेष्ठ आदि र विभिन्न विद्यालयका विद्यार्थीहरूसमेत सयभन्दा बढीको उपस्थिति  रहेको थियो ।  अध्यक्ष नवराज पुडासैनीले सधन्यवाद सभा समापनको घोषणा गर्नुभएको थियो  ।
   कार्यक्रमका संयोजक विमल अर्याल हुनुहुन्थ्यो भने प्रतिष्ठानका सदस्य सचिव राजन पुडासैनीको सहजीकरणमा कार्यक्रम अघि बढेको थियो ।

ट्यागहरू:
साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
गुरुप्रसाद मैनालीको कथा ‘कर्तव्य’ प्रदर्शनी
गुरुप्रसाद मैनालीको कथा ‘कर्तव्य’ प्रदर्शनी
खगिन्द्रा खुसी - बिहिबार २७ नोभेम्बर २०२५
‘अदृश्य आँसु’ सार्वजनिक
‘अदृश्य आँसु’ सार्वजनिक
खगिन्द्रा खुसी - बिहिबार २७ नोभेम्बर २०२५
अभागी थेगुवा विराटचाेकमा सम्मानित
अभागी थेगुवा विराटचाेकमा सम्मानित
दिलिप घिमिरे - आइतबार २३ नोभेम्बर २०२५