लीलबहादुर क्षेत्री पुरस्कार साहित्यकार अबिर खालिङलाई प्रदान

दिलिप घिमिरे · फागुन १८, २०८१ ९:१४ AM
Cover Image for News

 डुवर्सका साहित्यकार अबिर खालिङलाई ´लीलबहादुर क्षेत्री`पुरस्कारले शनिबार असमको गुवाहाटीमा सम्मानित गरिएको छ। 

नेपाली साहित्यका मूर्धन्य साहित्यकार'लीलबहादुर क्षेत्रीको नाउँमा बर्सेनि प्रदान गर्दै आएको 'लीलबहादुर क्षेत्री साहित्य पुरस्कार' यसपटक दुवर्सेली कवि, कथाकार अबीर खालिङलाई उनको सन् २०२४ मा प्रकाशित कथा सङ्ग्रह 'विस्थापन' का लागि प्रदान गरिएको छ।
 लीलबहादुर क्षेत्री फाउन्डेसनको अगुवाइ तथा इन्द्रेनी प्रकाशन असमको सहयोगमा १ मार्च २०२५, शनिबारका दिन विष्णु-निर्मला भवन,गुवाहाटीमा एउटा भव्य कार्यक्रम गरिएको थियोे । 

 पश्चिम बङ्गाल राज्यको दार्जिलिङ जिल्लास्थित बिजनबारी निवासी, हाल डुवर्स बासी, ५८ वर्षीय अबीर खालिङलाई भारतीय रुपैयाँ २५ हजारको नगद राशि, मानपत्र र अङ्गवस्त्र सहित सम्मान गरिएको हो।
 

 नेपाली साहित्यमा स्नातकोत्तर गर्नुभएका खालिङ हाल  शिक्षण पेशामा संलग्न हुनुहुन्छ।  
 उहाँका सातवटा मौलिक कृतिहरू प्रकाशित छन्, जसमा समावेश छन्:-प्रतिशोध एउटा तिरस्कारको (बाल उपन्यास-१९८२),बालुवाको पहाड (कथा सङ्ग्रह-१९८७),अबीरानुभूति(कविता सङ्ग्रह-१९९५) ,अक्षर-उत्सव (कविता सङ्ग्रह-२००७),दार्जिलिङ: मेटामर्फोसिस (कथा सङ्ग्रह-२०१९),विस्थापन(कथा सङ्ग्रह-२०२४), डुवर्स क्लिपिङ्स  
 यसका अतिरिक्त, उहाँको एउटा हिन्दी अनुवादित कृति `दार्जिलिङ मेटामर्फोसिस´पनि प्रकाशित छ।  
 

 खालिङ एकजना सशक्त आख्यानकार हुनुहुन्छ। नेपाली साहित्यको समृद्धि र उत्थानमा पुर्‍याउनुभएको उहाँको अमूल्य योगदानलाई उच्च सम्मान गर्दै यो पुरस्कार पद्मश्री लीलबहादुर क्षेत्री बाहुलीबाट प्रदान गरिएको हो। 

फोटो

पद्मश्री लीलबहादुर क्षेत्रीको ९३ जन्मोत्सवको अवसरमा छ वटा पुस्तक विमोचन समेत  गरिएको थियोे । 

आख्यान पुरुष क्षेत्रीका सम्पूर्ण कृतिहरूको पुनः प्रकाशन गरेर इन्द्रेणी प्रकाशनले ऐतिहासिक महत्वको कार्य गरेको छ। 

ट्यागहरू:
विश्व साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।