लेखनाथ पुस्तकालयद्वारा स्रष्टाहरु सम्मानित

दिलिप घिमिरे · पौष २६, २०८१ ९:२८ PM
Cover Image for News

लेखनाथ पुस्तकालयद्वारा स्रष्टाहरु सम्मानित
                          देवीचरण भण्डारी," सरोज" 

लेखनाथ पुस्तकालय चन्द्रगढीले कविशिरोमणि लेखनाथ पौडेलको १४१ अेाेँ  जन्मजयन्ती मिति  आज धुमधामका साथ मनाएको छ। 

पुस्तकालयकी कार्यवाहक सभापति खगिन्द्रा खुसीको सभापतित्व, अग्रज साहित्यकार कृष्ण धरावासीको प्रमुख आतिथ्य,भद्रपुर नगरपालिकाका ,उपप्रमुख राधा कार्की, वडा नं ७ का अध्यक्ष अभिषेक ढुगानाको विशेष आतिथ्य ,भद्रपुर नगर साहित्य ,कलालसंगीत प्रतिष्ठानका कावा अध्यक्ष फडिन्द्र पोखरेल, स्रष्टा छनौट समितिका संयोजक प्रा. डा. गंगाा प्रसाद अधिकारी, सदस्य अग्रज सञ्चारकर्मी चन्द्र भण्डारी,त्रिफला राष्ट्रिय पुस्तकालय मेचीनगर, धुलावारीका अध्यक्ष प्रेम प्रकाश फलाहारी, कवि सत्यनारायण तायल, देवकोटा स्मृति भवन भद्रपुरका अध्यक्ष राजेन्द्र चापागाईँ, रुद्रगौरीश्री अम्बिका ओली प्रतिष्ठानका मोहन ओली, पुस्तकालयका संस्थापक अध्यक्ष डिल्लीराम खतिवडा, साहित्यकार राजेन्द्र सङ्ग्रौलाको आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न स्रष्टाहरुलाई पुरस्कृत तथा सम्मान गरिएको थियो।

फोटो
झापा जिल्ला स्तरीय छन्दोवद्ध कवि  सम्मानबाट कवि दुर्गाप्रसाद सिग्देललाई सम्मान गरिएको छ। सिग्देलको सम्मान पत्र स्रष्टा आरती पोखरेलले वाचन गर्नुभएको थियो। यसैगरी कर्ण- चित्र गुरुङ स्मृति पुरस्कारबाट भद्रपुर मा वि भद्रपुरमा कक्षा १२ मा अध्ययनरत छात्रा दीया राजवंशीलाई नगद राशी रु ५०००/-सहित पुरस्कृत गरिएको थियो।यो पुरस्कार यसैवर्षदेखि दिन थालिएको हो।सकुन्तला - गणेशप्रसाद भट्टराई  छात्रा प्रोत्साहन पुरस्कारबाट वीरेन्द्र मावि चन्द्रगढीमा कक्षा १० मा अध्ययनरत छात्रा मेहेरशा चापागाई नगद राशी रु  ५०००/-सहित पुरस्कृत हुनुभएको छ। उहाँको  सम्मान पत्र स्रष्टा देवीचरण भण्डारीले वाचन गर्नुभएको थियो। 

 श्यामकृष्ण- कामाक्षा श्रेष्ठ छात्रा प्रोत्साहन पुरस्कारबाट वीरेन्द्र मावि चन्द्रगढीमा कक्षा ९ मा अध्ययनरत छात्रा सिद्धि सिंहलाई पुरस्कृत गरिएको छ।पुरस्कारको राशी रु ५०००/- रहेको छ।उहाँको सम्मान पत्र मोहन ओलीले वाचन गर्नुभएको थियो।यसैगरी  श्यामकष्ण - कामाक्षा श्रेष्ठ साहित्य सम्मान तथा पुरस्कारबाट पाँचथर निवासी साहित्यकार सरस्वती दुमी राई नगद राशी रु १५,०००/- सहित सम्मानित हुनुभएको छ। उहाँको सम्मान पत्र राजेन्द्र चापागाईँले वाचन गर्नुभएको थियो। 

यसैगरी भक्त- किरण साहित्य सम्मान तथा पुरस्कारबाट बुद्धशान्ति निवासी कवि गणेश निरौला नगद राशी रु ५०००/- सहित सम्मानित हुनुभएको छ। उहाँको सम्मान पत्र  राजेन्द्र सङ्ग्रौलाले वाचन गर्नुभएको थियो। कविशिरोमणि राष्ट्रिय सम्मान तथा पुरस्कारबाट पाल्पा निवासी स्रष्टा भावना खनाल नगद राशी रु ४१०००/- सहित सम्मानित हुनु भएको छ। उहाँको सम्मान पत्र डा. पुण्यप्रसाद सिग्देलले वाचन गर्नुभएको थियो। सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरुलाई प्रमुख अतिथि,विशेष अतिथि ,सभाध्यक्ष तथा मञ्चासिन अतिथिहरुले माला ,अविरटीका लगाएर सम्मान गर्नुभएको थियो। 

 कार्यक्रममा कवि मेघनाथ बन्धु, टीका भट्टराई नेपाल, टङ्क काफ्ले विकल्प,सत्यनारायण तायल, नुरज भट्टराई ' नदी',सम्मानित व्यक्तित्वहरु भावना खनाल, गणेश निरौला र दुर्गा प्रसाद सिग्देलले आ-आफ्ना सिर्जना वाचन गर्नुभएको थियो। 

फोटो

कार्यक्रममा प्रमुख अतिथि धरावासीले र विशेष अतिथि तथा स्रष्टा छनौट समितिका सदस्य चन्द्र भण्डारीले समग्र कार्यक्रमको समीक्षा गर्नुभएको थियो भने उद्धव विष्टले शुभकामना मन्तव्य राख्नुभएको थियो।स्रष्टा छनौट समितिका संयोजक प्रा.डा. गंगाप्रसाद अधिकारीले कविशिरोमणि लेखनाथ पौडेलको परिचय सहित नेपाली बाङ्मयमा उहाँको योगदानको वारेमा चर्चा गर्नुभएको थियो। 

पुस्तकालयका सभापति कृष्ण सुवेदी निराकारले कार्यक्रमको उपादेयता माथि प्रकाश पार्दै उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो भने सञ्चालन सचिव हरिकिशोर आचार्यले गर्नुभएको थियो।कार्यक्रमको अन्त्यमा सभाध्यक्ष तथा पुस्तकालयकी का. वा. सभापति साहित्यकार खगिन्द्रा खुसीले धन्यवाद मन्तव्यसहित कार्यक्रमको समापन गर्नुभएको थियो। 

कार्यक्रम स्थल भद्रपुर नगरपालिका वडा नं १० को सभाहलमन प्रवेश गर्नुअघि लेखनाथ चोक स्थित कविशिरोमणि लेखनाथ पौडेलको शालिकमा माल्यार्पण गरि त्यहाँबाट बजार परिक्रमा गरि कार्यक्ररम स्थलमा प्रवेश गरिएको थियो।कार्यक्रममा झापाली सर्जकहरुको बाक्लो उपस्थिति रहेको थियो।

ट्यागहरू:
साहित्य# छन्द #कविता
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू