लेखनाथ पुस्तकालयले मनायो १७औँ पुस्तकालय दिवस

खगिन्द्रा खुसी · भदौ १५, २०८१ १०:५० PM
Cover Image for News

भदौ १५ चन्द्रगढी । आज लेखनाथ पुस्तकालयले राष्ट्रिय पुस्तकालय दिवस विशेष कार्यक्रम सम्पन्न गरेको छ । १७औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसर पारेर झापा भद्रपुर- १० चन्द्रगढी स्थित लेखनाथ पुस्तकालयले आफ्नै सभाहलमा सो कार्यक्रम सम्पन्न गरेको हो । पुस्तकालयकी का.वा.अध्यक्ष खगिन्द्रा खुसीको सभाध्यक्षता तथा अग्रज कवि विरही अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुस्तकालयका कोषाध्यक्ष गोविन्द कोइरालाद्वारा स्वागत गरिएको थियो । 

फोटो
विशेष अतिथि समालोचक चूडामणि वाशिष्ठद्वारा पुस्तकालयको इतिहास र वर्तमान अवस्थालाई प्रकाश पार्दै मन्तव्य राखिएको थियो भने अग्रज साहित्यकार होम सुवेदीले पुस्तकालयको महत्व दर्शाउँदै, डिजिटल युगमा पुस्पुतकालयलाई समेत डिजिटलाइज गर्नुपर्ने धारणा राख्दै, पुस्कातलयका पूर्व अध्यक्ष नवराज घिमिरेले पुस्तकालयले स्थापना कालदेखि हाल सम्म पुस्तकालयले खप्दै आएका चुनौति र समस्याका बारेमा प्रकाश पार्दै, युवा व्यक्तित्व डा. प्रतीक भण्डारीले युवा वर्गलाई पुस्तकालयमा आकर्षित गर्नका लागि पस्तकालयले पुस्तकालयको उद्देश्य नै त्यही राख्नु पर्ने धारणा व्यक्त गर्दै तथा भद्रपुर नगर कला साहित्य प्रतिष्ठानका अध्यक्ष चिन्तामणि दाहालले पुस्तकालयले जति छ त्यतिमै खुसी रहदाँ भलो हुन्छ भन्दै पुस्तकालयलाई इ लाइव्रेरी बनाउँन सकिने भए तापनि खर्चिलो भएका कारण इ लाइव्रेरी बनाउन यस्ता पुस्तकालयहरु पछिपर्नु पर्ने धारणा व्यक्त  गर्दै मन्तव्य राििखएको थियो । साहित्यकार देवीचरण भण्डारी, तीर्थ चापागाईँ, राजेन्द्र काश्यप अधिकारी, चन्द्रमणि पौडेल, महेन्द्र भट्टराई दूरगामी लगायतको उपस्थिति रहेको कार्यक्रममा कवि उषा गुरुङले पुस्तकालय दिवस सम्बन्धी कविता प्रस्तुत गरेकी थिइन् । सचिव हरिकिशोर आचार्यद्वारा सन्चालन गरिएको कार्यक्रम विहान सात तीस देखि नौ बजेसम्म सन्चालन भएको थियो । 'निरन्तर शिक्षाका लागि पुस्तकालय' भन्ने आदर्श वाक्यका साथ आज देशभर पुस्तकालय दिवस मनाइएको छ ।
फोटो

ट्यागहरू:
सहित्य literature samachar svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू