खेमराज दाहालद्वारा लिखित तथा सङ्कलित पुस्तक भद्रपुरको प्रतिविम्ब विमोचित

खगिन्द्रा खुसी · भदौ १०, २०८१ ३:२४ PM
Cover Image for News

२०८१ भाद्र १० गते
भद्रपुर । भद्रपुरका युवा खेमराज दाहालको लेखन तथा सङ्कलन  रहेको पुस्तक  भद्रपुरको प्रतिविम्ब विमोचन भएको छ  । 
तथ्याङ्कमा भद्रपुर नगरपालिका, झापा जिल्ला र कोशी प्रदेश र सम्पूर्ण  देश समेटिएको भद्रपुरको प्रतिविम्ब पुस्तकको विमोचन प्रमुख अतिथि भद्रपुरका नगर प्रमुख गणेश पोखरेल, विशेष अतिथी  प्राज्ञ  हरि पौडेल, प्रा डा गंगा प्रसाद अधिकारी, दुर्गा प्रसाद भट्टराई तथा अग्रज पत्रकार चिन्तामणि दाहालको बाहुलीबाट संयुक्त रुपमा गरिएको थियो ।  

Photo

डाइनामिक ग्रुपका अध्यक्ष अर्जुन खरेलको अध्यक्षता रहेकाे कार्यक्रमको संचालन स्रष्टा खगिन्द्रा खुसीले गरेकी थिइन्  भने पुस्तकको समीक्षा हल्दिवारी गाउँपालिकाका अधिकृत तथा डाइनामिक ग्रुपका सल्लाहकार राजन न्यौपानेले गरेका थिए ।
कार्यक्रमको औचित्यमाथि प्रकाश ग्रुपका सचिव चन्द्रमणि पौडेलद्वारा गरिएको कार्यक्रममा स्वागत मन्तव्य डाइनामिकका सदस्य उमेश पाण्डेले गरेका थिए । उदीयमान गायिका अनिता पौडेल र सिम्रन आचार्यले खगिन्द्रा खुसीको स्वागत कविता सस्वर वाचन गरेका थिए । यस अघि झापाको प्रतिविम्ब तथा गौरादहको प्रतिविम्ब प्रकाशन भइसकेका छन् भने ती दुबै पुस्तकहरूको र भद्रपुरको प्रतिविम्बको समेत प्रकाशन डाइनामिक ग्रुपले गरेको छ ।
Photo

प्राज्ञ हरि पौडेल, प्रा.डा. गंगा प्रसाद अधिकारी, समाजसेवी तथा चन्द्रगढी सामुदायीक वनका अध्यक्ष दुर्गा प्रसाद भट्टराई
भद्रपुर ९ का वडाध्यक्ष राम दाहाल, ७ का वडाध्यक्ष अभिषेक ढुङ्गाना, कार्यपालिका सदस्य सीता ढकाल गुरागाई, १० नं. वडा सदस्य दुर्गा प्रसाद दाहाल, ८ नं. वडा सदस्य भगवती वस्नेत , अग्रज पत्रकार चिन्तामणि दाहाल, समाजसेवी शिव राजभण्डारी, हिरा पोख्रेल, नवराज घिमिरे स्रष्टा विरही अधिकारी देवीचरण भण्डारी, तुलसी प्रसाद भट्टराई, मारवाडी भाषाका कवि सत्य नारायण तायल गजलकार आरती पोख्रेल लगायतकाे उपस्थिति रहेको कार्यक्रम भद्रपुर नगरपालिका  वडा नं १० को सभाहलमा सम्पन्न भएको थियो ।

ट्यागहरू:
सहित्य news samachar
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।