क्यानडामा स्वीकारोक्ति डिस्कोर्स हुँदै

खगिन्द्रा खुसी · भदौ २७, २०८१ ८:०२ PM
Cover Image for News

“एकताको लहरले विश्व जित्न सकिन्छ”
समयले पच्छ्याइरहन्छ, हामी भन्छौँ समय वित्यो । जीवनका गोलाईहरूमा सुखदुःखमाका गाडी गुडिरहन्छन् । पाईला पाईलामा परिवर्तन टेकिरहन्छौँ तर पहिचान गर्न वेवास्ता गर्छ यो दुनियाँ भूलभुलैयामा ।
दयालु मन हुँदाहुँदै दया गर्न विर्सिएछौ भन्ने स्वीकारयोग्य आदतलाई कर्म दिलाउनु मानव परिवर्तनको मूल विषय हुन जान्छ । प्रकृति र मानव एक समान हुन्छ । प्रकृति छ त मानव बाँचिरहन्छ, मानव बाँच्छ त प्रकृति रहिरहन्छ । त्यसैले प्रकृतिसँग हातेमालो नगर्नुको परिणाम विपरीत हुन् सक्छ  र समयमा नै प्राकृतिक महोत्सव मनाउन जरूरी हो भन्ने समयले किटान गरेको छ । यसको मूल लक्ष्य  भनेको भोकालाई भोजन सहयोगार्थ जस्तै :- “आशा बाडौं - करूणा फैलाउँ”(“Sharing Hope - Spreading Kindness”), (“Go Green- Save The Earth”) (“To Breath Free - Plant A Tree”) जस्ता मनोकामना गर्दै स्वीकारोक्ति फ़ाउंडेशनले “स्वीकारोक्ति विश्व यात्रा” को क्रम निरन्तर रूपमा गरिरहेको छ ।
क्रमश: “स्वीकारोक्ति विश्व यात्रा २०२४ क्यानाडा” यही आउँदो सेप्टेम्बर १४-१५ तारिख क्यानाडाको एडमन्टन् शहरमा हुने भएको छ ।
यो कार्यक्रम विशेषत: भोकमारी निर्मूल (Hunger Relief) होस् र भोकमारीमा परेकालाई राहत मिलोस् भन्ने हेतुले सम्पन्न हुन लागेको हो ।
यसमा आजको विश्वले आ-आफ्नो अस्तित्व स्वीकार गर्नु पर्दछ अनि मात्र हरेक सम्बोधनहरू न्यायिक हुनेछन् भन्ने “स्वीकारोक्ति दर्शन” का मूल विषयहरू पनि सामाजिक तह, पद, प्रतिष्ठा माथि रहेर एक विशेष अंशमा प्रदान गरिने छ । यस कार्यक्रममा सांस्कृतिक, सांगीतिक, साहित्यिक मनहरूको पनि बेजोड उपस्थिति र प्रस्तुति रहनेछ । The Voice of Nepal season 3 का बिजेता किरण गजमेरको बेजोड प्रस्तुति रहनेछ भने इडमन्टन्का लोकल कलाकारहरूको पनि विशेष प्रस्तुति रहनेछ ।

ट्यागहरू:
सहित्य literature samachar svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू