क्यानडामा बृहत् साहित्यिक कार्यक्रम सम्पन्न

खगिन्द्रा खुसी · भदौ ५, २०८१ १०:०४ PM
Cover Image for News

17 अगस्त 2024मा विण्डसोर, क्यानडामा साहित्य परिषद भुटानको आयोजनामा एक बृहत् साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । अनेसासकी पूर्व अध्यक्ष साहित्यकार गिता खत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा अनेसासका निवर्तमान अध्यक्ष गोवर्धन पूजा,  अनेसासकी निवर्तमान महासचिब बिमला निरौला,  कवि एवम् पत्रकार भक्त घिमिरे,  भुटानी नेपाली जातिका अगुवा विश्वनाथ क्षेत्री, विण्डसोरबाट भोला नाथ सापकोटा, ओहायोबाट भुवन प्याकुरेल, शिबलाल दाहाल, पेन्सिलभेनियाबाट भवानी अधिकारी, बिष्णु लुइटेल, कवि गण्डकीपुत्र, लगायतको सहभागिता रहेको थियो ।

फोटो
विभिन्न विधाका स्रष्टाहरुलाई सम्मान गरिएको उक्त कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान गरेबापत गोमा खतिवडा अधिकारी सहित अन्य र साहित्य क्षेत्रमा योगदान गरे वापत भक्त घिमिरे,  केशव बैरागी माइलो,  धर्मेन्द्र तिम्सिना क्षितिज लागायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा दिपाराई पुन,  गण्डकी पुत्र, नवीन प्राचीन, भरत तिम्सिना, मदन दुलाल,  मुकुन्द अधिकारी,  तुलसा अधिकारी,  श्याम अधिकारी र अन्यले कविता वाचन गर्नुका साथै रिया रिजाल, अर्जुन रसाइलीहरुको साङ्गीतिक प्रस्तुति रहेको थियो । साहित्य परिषद् भुटानका अध्यक्ष गंगा लामिटारेले भुटानी नेपालीले भाषा र साहित्य संरक्षण गर्न गर्नुपरेको कथा ब्यथा सुनाउनुका साथै पत्रकार भक्त घिमिरे लगायत बिद्वानहरुले विभिन्न बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम तुम्मेहाङ लिम्बुसहितको केही पुस्तकहरु विमोचन गरिएका थिए । कार्यक्रमको संचालन परिषद्का सचिब कवि एवम् गीतकार खेम रिजालले गरेका थिए भने सभापतित्व परिषद्का क्यानडा शाखाको प्रमुख खगेन्द्र गौतमले गरेका थिए ।

ट्यागहरू:
सहित्य कविता samachar svikarokti nepalisahitya
टिप्पणीहरू
User
Khagendra prasad Dahal
४ हप्ता अगाडि

गजबै गजब ।