कविता शर्मा पौडेलको दोस्रो कृति अचानो गजल सङ्ग्रहको लोकार्पण
२६ मङ्सिर/ असम नेपाली साहित्य सभाको १६औँ महाधिवेशन तथा स्वर्णजयन्ती समारोहको गजलकार कविता शर्मा पौडेलको दोस्रो कृति अचानो गजल सङ्ग्रहको लोकार्पण असमको गोलाघाट जिल्ला सरूपथारमा गरिएको छ।
चारदिवसीय कार्यक्रममा अन्तर्राष्ट्रिय संगोष्ठी,कार्यपत्र प्रस्तुत,पुरस्कार तथा सम्मान कार्यक्रम ,असमबाट प्रकाशित विभिन्न स्रष्टाका १०० वटा पुस्तक लोकार्पण गरिएको थियो ।
पूर्वायन प्रकाशन गुवाहाटी,असमको प्रकाशनमा गजलकार कविता शर्मा पौडेलको दोस्रो कृति अचानोको विमोचन कार्यक्रमका प्रमुख अतिथि ,विशिष्ट अतिथिहरुले संयुक्तरूपमा गरेका थिए ।
कार्यक्रममा नेपालबाट डा.गोविन्दराज भट्टराई ,डा.देवी नेपाल,शरद चन्द्र वस्ती,विवश बलिभद्र कोइराला ,डा.गोपीकृष्ण खतिवडा,चन्द्र भण्डारी,विमल वैद्य,विष्णु न्यौपाने,अभागी थेगुवा,दीपक सुवेदी लगायतका साहित्यकारहरुको उपस्थिति रहेको थियो ।
असम भारतबाट साहित्यकार डा.चिन्तामणि शर्मा ,डा.इन्दु प्रभादेवी,डा.खगेन्द्र शर्मा ,रण काफ्ले ,नव सापकोटा ,ज्ञानबहादुर क्षेत्री ,रुद्र बराल,अर्जुन निरौला ,पूजा आचार्य ,नैना अधिकारी,अमित अधिकारी,ज्योति हुमागाईँ लगायतका साहित्यकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम सिक्किम दार्जिलिङ,सिलिगुडी ,मणिपुर लगायतका स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको थियो।
कविता शर्मा पौडेलको यो पहिलो गजल सङ्ग्रह हो भने कृतिगत रूपमा दोस्रो कृति हो ।
यसअघि उनको कविता सङ्ग्रह समयको बारुद प्रकाशित कृतिका रूपमा आएको छ ।
भारत,असम राज्यको बडगाउँ सोणितपुरमा २१ फेब्रुवरी १९८६ मा जन्म भई जील्ला चिराङ वी. टी. ए. डी. असम स्थाई बसोवास गर्ने कविता शर्मा पौडेल साहित्यको कविता विधामा कलम चलाउँदै चिराङ नेपाली साहित्य सभा, वि. टी.आर. रिजन, असम नेपाली साहित्य सभा जस्ता साहित्यिक संस्थाहरूमा सकृय सर्जकको रूपमा परिचित र क्रियाशील हुँदै हाल मोरङ जिल्ला उर्लाबारी नगरपालिकामा अस्थाई रूपमा रहँदै यहाँ स्थित विभिन्न साहित्यीक संस्थाहरूमा आवद्ध भई रुपमा रहँदै नेपाली भाषा, साहित्यका उन्नयनमा सकीय छिन् कविता ।
नेपाली भाषाबाहेक असमिया, हिन्दी, बंगाली र अंग्रेजी भाषामा समेत दख्खल र लेखनमा सकीय कविता शर्मा पौडेल नेपाल र भारत असम बीचको साहित्यक सहकार्यको समेत भूमिका निर्वाह गरिरहनु भएको छ
भारतको असममा रहेको असम नेपाली साहित्य सभाले कीर्तिशेष स्रष्टा निरू शर्मा पराजुलीको नाममा स्थापित नेपाली रू एक लाख राशि सहितको ‘निरू शर्मा पराजुली अन्तर्राष्ट्रिय साहित्य पुरस्कार’ पहिलोपटक नेपाली साहित्यकार प्राध्यापक डा.देवी नेपाललाई अन्तर्राष्ट्रिय पुरस्कारद्वारा सम्मानित समेत गरिएको थियोे ।
असम नेपाली साहित्य सभाका सभापति दुर्गा खतिवडाको सभापतित्वमा भएको कार्यक्रममा महासचिव मदन थापाले कार्यक्रम संचालन गरेका थिए।