कवि अभागी थेगुवाले ‘सपनाहरुको बही’ कविताकृति संग्रह वजारमा

Admin · जेठ १२, २०८१ २:५६ PM
Cover Image for News

कवि अभागी थेगुवाले ‘सपनाहरुको बही’ कविताकृति संग्रह वजारमा ल्याउनुभएको छ ।

श्रष्टा पव्लिकेसन्सद्धारा प्रकाशित उहाको कविता संग्रहको शुक्रवार दमकमा एक कार्यक्रमका बीच लोकापर्ण गरिएको साहित्कार याम थुलुङले जानकारी दिनुभयो । वरिष्ठ साहित्यकार केशव आचार्यको प्रमुख आतिथ्यता तथा पूर्वका अग्रज श्रष्टाहरुको उपस्थितिमा कृतिको संयुक्त रुपमा लोकापर्ण गरिएको हो ।

Photo
श्रष्टा पव्लिकेशन्सका अध्यक्ष सुन्दर कुरुपको अध्यक्षतामा भएको कृति सार्वजनिक समारोहमा कृतिमाथि श्रष्टा तथा सामाजिक क्षेत्रका अगुवाहरुले नेपाली साहित्यीक क्षेत्रमा यस कृति पठनयोग्य भएको चर्चा गरेका थिए ।कृतिमाथि लेखक थेगुवाले कृतिको विषयवस्तु प्रकाश पार्नुका साथै कृतिको एउटा कविता सुनाउनुभएको थियो । कृति सार्वजनिकरण कार्यक्रममा प्रकाश थाम्सुहाङ, लीला अनमोल, प्रकाश बुढाथोकीसहितका श्रष्टाले कृतिको विषयमाथि चर्चा गरेका थिए ।कार्यक्रममा प्राज्ञहरु मुनाराज शर्मा, सुमित्रा वाङदेल, चन्द्र भण्डारी, शिवशंकर थापा, हेम अधिकारी, हस्त परियार, पुन्य प्रसाद खरेल, बिवस बलिभद्र कोइराला, कृष्ण बराल लगायतका श्रष्टाको उपस्थिति रहेको थियो ।सोहि अवसरमा श्रष्टा पव्लिकेशन्सको औपचारिक रुपमा उद्घाटन समेत गरिएको थियो । कार्यक्रममा स्वागत पब्लिकेसनका याम थुलुङ्ग र सहजीकरण कवि राजकुमार सुब्बा अनिश्चितले गर्नुभएको थियो ।

ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू