कथाकारद्वय तुलसीप्रसाद भट्टराई र कृष्णप्रसाद मिश्रको संयुक्त ‘मञ्जरी’ सार्वजनिक

दिलिप घिमिरे · असोज २९, २०८३ ७:३६ PM
Cover Image for News

झापा २९असोज /‘झापाली साहित्य समाज’ तथा ‘उर्जाशील साहित्यिक प्रतिष्ठान’ विर्तामोडले आयोजना गरेको कथाकारद्वय तुलसीप्रसाद भट्टराई र कृष्णप्रसाद मिश्रको संयुक्त कथा सङ्ग्रह ‘मञ्जरी’ बिहीबार सार्वजनिक गरिएको छ।
उर्जाशील साहित्यिक प्रतिष्ठानका अध्यक्ष डी पी शर्माको अध्यक्षता तथा आख्यानकार पुण्यप्रसाद खरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रलेस झापाका अध्यक्ष लीलाप्रसाद अधिकारी,कृतिकार कृष्णप्रसाद मिश्रका पिताजी पं.अनन्तराम मिश्र विशिष्टका रूपमा रहेका थिए ।

फोटो
झापाली साहित्य समाजका अध्यक्ष हरि बरालको सञ्चालन तथा उर्जाशीलका सचिव देवीचरण भण्डारीको स्वागतबाट अघि बढेको कार्यक्रममा प्रमुख अतिथि खरेल,अध्यक्ष डीपी शर्मा, प्रकाशकका तर्फबाट केशव मैनाली,लेखकद्वय तुलसीप्रसाद भट्टराई तथा कृष्णप्रसाद मिश्र समेतबाट संयुक्तरूपमा कथा सङ्ग्रह ‘मञ्जरी’को लोकार्पण गरेका थिए ।

इसा बुक एण्ड स्टेशनरीले प्रकाशन गरेको कृतिको  डा.गोपीकृष्ण खतिवडाले  समीक्षात्मक परिचर्चा गरेका थिए ।

ट्यागहरू:
कथा साहित्य ##
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।