स्रष्टा नृपेश उप्रेतीको ‘आगो रहरको’ गजल सङ्ग्रह सार्वजनिक
झापा २९असोज /नृपेश उप्रेतीकृत गजल संग्रह ‘आगो रहरको’ सार्वजनिक गरिएको छ ।
काठमाडौंको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा आयोजित कार्यक्रममा साहित्यकार कृष्णहरी बराल, करुण थापा, लेखक उप्रेतीकी आमा नन्दकुमारी उप्रेती लगायतले गजल संग्रह सार्वजनिक गरेका हुन् ।
कुनै समय नेपालको सञ्चारकर्ममा क्रियाशील उप्रेती हाल बेलायतमा बसोबास गर्दै आएका छन् । विदेशमा बसेर पनि नेपाली साहित्यमा क्रियाशील रहेकामा उप्रेतीको काफी प्रशंसा गरे अतिथीहरुले । लेखक स्वयंले संग्रहमा संग्रहित गजल वाचन गर्दा हल ‘वान्स मोर…’ले गुञ्जायमान भएको थियो ।
‘आगो रहर’ सम्पूर्ण हिसाबले उत्कृष्ट संग्रह रहेको टिप्पणी गर्दै साहित्यकार बरालले सबै गजल गायनयोग्य रहेको बताए । ‘यो संग्रहको सबैभन्दा महत्वपूर्ण पक्ष यसमा भएका सबै गजल गाउन योग्य छन्,’ उनले भने । लेखकको वाचन सुनेर बरालले लेखक स्वयंलाई आफैंले स्वर भर्न सुझाव पनि दिए । 
१५८ गजल संग्रह रहेको उक्त कृति इण्डिगोले प्रकाशन गरेको छ।