कथाकार उषा शर्मा तुलसी ‘कश्यप’ स्मृति पुरस्कार २०२६ बाट सम्मानित हुने
झापा, माघ २३ । सिक्किम । कथाकार उषा शर्मा तुलसी ‘कश्यप’ स्मृति पुरस्कार २०२६ बाट सम्मानित हुने भएकी छन् । तुलसीराम शर्मा ‘कश्यप’ प्रतिष्ठान, सिक्किमले प्रत्येक वर्ष प्रदान गर्दै आएको सो पुरस्कार शर्माको कथा सङ्ग्रह ‘गन्तव्य’का लागि सो पुरस्कार प्रदान गर्न लागिएको हो ।- ५१ हजार नगद राशि सहितको सो पुरस्कार आगामी फेब्रुअरी ११, २०२६ मा नेपाली साहित्य परिषदमा आयोजना हुने तुलसी ‘कश्यप’ जयन्ती समारोहका अवसरमा एक विशेष कार्यक्रमबीच प्रदान गरिने प्रतिष्ठानले जनाएको छ। ५१ हजार राशि, प्रशस्ति पत्र तथा स्मृति चिन्ह प्रदान सहित प्रदान गरिने उक्त पुरस्कार समकालीन नेपाली साहित्यका उल्लेखनीय तथा उत्कृष्ट कृतिलाई सम्मान गर्ने उद्देश्यले स्थापना गरिएको प्रतिष्ठानको भनाइ छ। प्रतिष्ठानले कथा विधामा सशक्त र संवेदनशील अभिव्यक्ति प्रस्तुत गरेको उल्लेख गर्दै उषा शर्माको कृति ‘गन्तव्य’ लाई पुरस्कारका लागि चयन गरिएको जानकारी दिइएको छ।
ट्यागहरू:
सहित्य
literature
sahitya
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
अमेरिकामा ‘सङ्गालो’ कथा वाचन कार्यक्रम सम्पन्न
खगिन्द्रा खुसी - आइतबार ६ सेप्टेम्बर २०२६
मोक्षदा विशेष स्रष्टा सम्मान प्रा.डा. देवी नेपाललाई
खगिन्द्रा खुसी - आइतबार ६ सेप्टेम्बर २०२६
स्रष्टा रवीन्द्र तिमसेनाको ‘आस्थाका सङ्गम’ नियात्रा काठमाडौंमा सार्वजनिक
दिलिप घिमिरे - शनिबार ५ सेप्टेम्बर २०२६
कवि प्रतिभा पौडेलको सातौँ कृति ‘तितिक्षा’ महाकाव्य लोकार्पित
खगिन्द्रा खुसी - शनिबार ५ सेप्टेम्बर २०२६