कृष्ण काश्यपको दोस्रो गजल कृति ‘सराब’ लोकार्पण

दिलिप घिमिरे · मंसिर २, २०८१ ६:४० AM
Cover Image for News

कृष्ण काश्यपको दोस्रो  गजल कृति ‘सराब’ लोकार्पण

२गते मङ्सिर / गजलकार कृष्ण काश्यपको दोस्रो गजल सङ्ग्रह ‘सराब’को शनिबार लोकार्पण गरिएको छ । 
  दमकको कदम थियटरमा गजलकार काश्यपको गजल सङ्ग्रह ‘सराब’को एक भव्य कार्यक्रमका बीच लोकार्पण गरिएको हो । 

स्रष्टा पब्लिकेशन दमकले प्रकाशन गरेको उक्त गजल सङ्ग्रहिभत्र ९६ वटा शक्तिशाली गजल समावेश छन् । 

प्राज्ञ सुमित्रा वाङ्देल चेलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा लोकार्पण समारोहपछि केशव आचार्य र घनश्याम पथिकले कृतिको चर्चा गरेका थिए ।लामो समयको साधनापछि आएको यो कृति उत्कृष्ट बनेको समीक्षकहरुको भनाइ छ। 

कार्यक्रममा विशिष्ट अतिथि प्राज्ञ मुनाराज शेर्मा,आख्यानकार कृष्ण बराल,साहित्यकार प्रकाश बुढाथोकी,छवि बैरागी घिमिरे ,मधु केरुङ,शिव रेग्मी प्रणत लगायत स्रष्टाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
 झापाको शिवसताक्षी-१धरमपुर निवासी कृष्णको २०६४ मा ‘नयनभित्र तिम्रो तस्बिर’ गजल सङ्ग्रह प्रकाशित भएको छ । 

 कृतिकार काश्यपको गजल सङ्ग्रहबाट गजलकार लिला अनमोल,सुनिता तामाङ,सिसम दाहाल लगायतले गजल वाचन गरेका थिए । 

कार्यक्रममा बोल्दै कृतिकार काश्यपले आफूले विभिन्न समयमा लेखिएका गजलहरू समावेश गरेको बताए । 

कृष्ण सरकारी जागिरे हुन्।बिहानभरि कलेज पढाउँछन् ।बचेको समय परिवार र गजल साधनमा बिताउँछन्।‘१५ दिनको ध्यान गर्नु र गजल लेख्नु मेरा लागि बराबर हो,’ उनले भने, ‘प्यासन र प्रोफेसनलाई सँगै लिएर जान नसक्दा १७ वर्षपछि मात्रै अर्को गजल सङ्ग्रह प्रकाशित गर्नुप¥यो ।’
 स्रष्टा पब्लिकेशन दमक झापाका अध्यक्ष सुन्दर  कुरुपको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव राजकुमार सुब्बा अनिश्चितले गरेका थिए ।

ट्यागहरू:
साहित्य #गजल#
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।