कोरियामा अनेसासको बृहत् साहित्य मेला सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरले कोरियन पर्व छुसक र नेपाली महान् पर्व बडादशैंको अवसरमा बृहत् साहित्य मेला सम्पन्न गरेको छ।
कार्यक्रम अनेसास कोरिया च्याप्टरका अध्यक्ष लोकराज न्यौपानेको सभापतित्वमा भएको थियो भने नेपाली सम्पर्क समिति कोरियाका अध्यक्ष हरिप्रसाद खनालको प्रमुख आतिथ्यमा भएको थियो ।
´प्रवासमा रहेर मातृभाषा र साहित्यप्रति समर्पित स्रष्टाहरूको योगदान प्रशंसनीय रहेको बताउँदै, यस्ता कार्यक्रमहरूले नेपाली समुदायबीच आत्मीयता र सांस्कृतिक सम्बन्ध सुदृढ गर्ने धारणा खनालले व्यक्त गरे।
दक्षिण कोरियामा रहेर नेपाली भाषा, साहित्य र संस्कृतिको विकास तथा प्रवर्द्धनमा निरन्तर योगदान गर्दै आएको अनेसासले कार्यक्रम २०२५ अक्टोबर ६ तारिख, कोरियाको राजधानी सउलस्थित दोङदेमुनमा आयोजना गरिएको थियो।
नेपाली साहित्यका प्रमुख विधाहरू कविता, गजल, मुक्तक र हाइकुमा आधारित रचना वाचनका साथै प्रवासी स्रष्टा र साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा अनेसासको मुखपत्र अन्तर्दृष्टिका प्रधान सम्पादक दिनेशराज ज्ञावली उपस्थित हुनुहुन्थ्यो। विशेष अतिथिमा ह्यारी वोन्ड, आर. एन. अधिकारी, जीवन खत्री, र डा. कमला के.सी. रहनुभएको थियो।
साहित्यिक प्रस्तुतिमा कविहरू सुरेश राई, विजयता भण्डारी, र युग सर्वनामले आफ्ना कविता वाचन गरे। गजल सत्रमा निर्दोष शिव, लक्ष्मण आजाद र जितेन चाम्लिङले मन छुने प्रस्तुति दिए। त्यसैगरी राधेश आचार्य, एस. के. भट्टराई, र सि. पी. आचार्यले मुक्तक वाचन गरे भने स्रष्टा डि. आइ. बी. सिकारूले आफ्ना हाइकु प्रस्तुत गर्नुभयो।
साथै अन्य उपस्थित वाचकहरूले पनि आफ्ना रचनाहरू वाचन गरेर कार्यक्रमलाई अझ समृद्ध बनाएका थिए। गणेश ढकालले मुक्तक प्रस्तुत गर्नुभयो भने राज विसर्जनले गजल वाचन गर्नुभयो। सुधाकर दाहालले कविता र गजल दुवै वाचन गरे भने दीप प्रदिप कुमारले गजल प्रस्तुत गर्नुभयो। विष्णु वाग्लेले कविता प्रस्तुत गर्नुभयो भने मनोज आचार्य र रामचन्द्र शर्माले क्रमशः मुक्तक तथा अन्य साहित्यकारहरूले रचना वाचन गरेर कार्यक्रममा रौनक थपेका थिए।
कार्यक्रममा विष्णु वाग्ले, पुष्प भण्डारी, अशोक थापा, कलम कार्की, सि. बी. कार्की, भक्त थापा मगर, विकाश बोहोरा, सुशील गुरुङ, मनोज पौडेल, दिपा मेवाहाङ, मदन गौतम, नारायण न्यौपाने, श्याम अर्याल, माधव आचार्य, मनोज सुवेदी, श्रवण श्रेष्ठ, सोनम पराजुली, रुपक के.सी., र माधव अर्याललगायतका साहित्यकारहरूको उपस्थिति उल्लेखनीय थियो।
कोरियामा रहेका नेपाली साहित्यकारहरूको उपस्थिति रहेको यस कार्यक्रमलाई सहभागीहरूले प्रवासमा नेपाली भाषा र साहित्यको उन्नतिलाई नयाँ उचाइमा पुर्याउने ऐतिहासिक पहलका रूपमा व्याख्या गरेका छन्।
कार्यक्रमको संयोजन रामचन्द्र शर्माले गरेका थिए भने सञ्चालन राजेश सुवेदीले गरेका थिए ।
अनेसास कोरिया च्याप्टर




