कला साहित्य संस्थान सिक्किमले गर्यो चौथो राज्यस्तरीय सम्मान

दिलिप घिमिरे · कार्तिक ५, २०८१ ८:३७ PM
Cover Image for News

कला साहित्य संस्थान सिक्किमले गर्यो चौथो राज्यस्तरीय सम्मान 

५ कात्तिक /कला साहित्य संस्थान नाम्ची सिक्किमको आयोजनामा चौथो राज्यस्तरीय सम्मान सम्मेलन भव्य तथा सभ्यरूपमा सम्पन्न गरिएको छ। 
 आइतबारको दिन ग्राम प्रशासन केन्द्र बिकमत खोर्लोङमा स्वागत सम्बोधनको क्रममा अध्यक्ष गोकुल राईले कला साहित्य संस्थानको भावी उद्धेश्य र अभियान बारेमा सबैलाई जानकारी गराउनु भयो । कार्यक्रमको मुख्य आकर्षण भनेको यस वर्षको उत्कृष्ट आवरण सृजना पुरस्कार ,उत्कृष्ट पुस्तकालय पुरस्कार र साहित्य प्रतिभा पुरस्कार प्रदान गर्नु रहेको थियो ।यस बाहेक विभिन्न क्षेत्रमा योगदान दिने लगभग सत्तरीजना जस्तो स्रष्टाहरूलाई अभिनन्दन गर्ने कार्य पनि रहेको थियो ।

सिक्किमको चारै जिल्लाका वरिष्ठ साहित्यकार तथा कलाकारलाई सम्मान साथै दार्जीलिङ ,सिलिगुडी ,मणिपुर असमका स्रष्टा सर्जकहरूको सम्मान कार्यक्रम भव्य समापन भएको थियो ।

 यसवर्षको उत्कृष्ट आवरण सृजना पुरस्कार थर्पू नाम्ची निवासी वरिष्ठ चित्रकार किशोर राई साम्पाङ्गलाई ,उत्कृष्ट पुस्तकालय पुरस्कार डा-मनोज कुमार राईलाई अनि साहित्य प्रतिभा पुरस्कार वरिष्ठ प्रगतिवादी साहित्यकार अर्जुन पीयूषलाई कार्यक्रमका मुख्य अतिथि डा.एच.पि. क्षेत्री ,सभाध्यक्ष प्रधुम्न श्रेष्ठ र पर्यवेक्षक सि.पि.शर्मा बाहुलीबाट प्रदान गरिएको थियो।
यसरी नै कला साहित्य संस्थानका संरक्षकहरू क्रमशः डि.के.राई, के.बि.राई "निर्मल",जयदीप सुब्बा ,सुरेश सुब्बा "वियोगी",दादिकी शेर्पा ,बसन्ती राई,शोभा राई, दिलीप शर्मा आहाले,भीम थापा,गणेश क्षेत्री ,मिनु श्रेष्ठ, एस.एम.बस्नेत , ए.बि.गुरुङ ,प्रहृाद गुरुङ,सतिश सुब्बा हुकपा, सि.एल.ओझा, हरिचन्द्र तिवारी र जेसिका प्रधानलाई स्मृति चिन्हद्वारा सम्मान जनायो भने विशिष्ट व्यक्तिहरूलाई पनि स्मृति चिन्हद्वारा सम्मान जनाएको थियो ।

सम्मानित स्रष्टाहरू

यसरी नै साहित्य ,संगीत,चित्रकला र पत्रकारको क्षेत्रमा उल्लेखनीय योगदान दिने स्रष्टाहरूलाई अभिनन्दन पत्रद्वारा सम्मान जनाएको थियोे ।सम्मानित हुने स्रष्टाहरूमा वरिष्ठ साहित्यकारहरु सि.पि.शर्मा ,जयन्ती मुखिया,च्याकुङ, तिलक मुखिया,नाम्ची (संगीतमा),भास्कर पौड्याल ,बर्मेक नाम्ची , तारमित लेप्चा ,युवा सर्जक,देन्ताम ,धनसिंह विश्व,गेजिङ्ग सिक्किम,मीना सुब्बा,गान्तोक ,खुसेन तागासी,पूर्व सिक्किम पि.एल.शर्मा भट्टराई सोरेङ ,डुप छिरिङ लेप्चा अध्यक्ष शोभाकान्ति थेमिग ट्रस्ट,गान्तोक ,शेरबहादुर कार्की युवा सर्जक, सोरेङ्ग,आकाशदीप युवा साहित्यकार,पूर्ण योञ्जन,गान्तोक , लिम्बू एस.आर.खजुम,गान्तोक ,डा०उदय क्षेत्री,गान्तोक, डा०एच.पी.छेत्री , हर्कमाया कलेज ,तादुङ ,अनुनैवेद्य राई प्रधान,युवा सर्जक बुमटार नाम्ची ,राजेन्द्र प्रधान गान्तोक वरिष्ठ पत्रकार ,भीम बहादुर सुब्बा माङयुङ ,बडा सामसिङ ,इन्द्रमाया सुब्बा 'मञ्जिल' लेखिका सोमबारे सिक्ताम छिरिङ पाञ्जो शेर्पा , वरिष्ठ हास्यव्यङ्ग्यक,उषा शर्मा , वरिष्ठ साहित्यकार,गान्तोक , राधा पाण्डे , वरिष्ठ साहित्यकार,गान्तोक, लिनु खालिङ वरिष्ठ साहित्यकार,डिल्ली प्रसाद अधिकारी वरिष्ठ साहित्यकार,पाक्योङ ,भीम राउत, वरिष्ठ हास्यव्यङ्ग्यकार गान्तोक,गोविन्द मिश्र वरिष्ठ साहित्यकार,दरामदिन ,मणिका शर्मा , वरिष्ठ साहित्यकार गान्तोक ,दुर्गा नारायण प्रधान वरिष्ठ साहित्यकार,दरामदिन,रजनी पेगा वरिष्ठ साहित्यकार सोरेङ , राहुल राई "बोगिको" वरिष्ठ साहित्यकार,मणिपुर ,कपिल मणि अधिकारी वरिष्ठ साहित्यकार, विवेक बस्नेत युवा गायक ,तुरूक  एम.बी.खुलाल "दीप" वरिष्ठ साहित्यकार,लिङ्गमु, के.बि.सुब्बा वरिष्ठ साहित्यकार ,दरामदिन ,पूर्णिमा ठटाल  युवा गायिका, दरामदिन ,प्रेमकुमार पेगा वरिष्ठ साहित्यकार सोमबारे ,अमृता रिजाल वरिष्ठ साहित्यकार,दरामदिन,मणिकला शर्मा वरिष्ठ साहित्यकार,लुङ्चुङ दरामदिन ,नीलम न्यौपाने ,वरिष्ठ साहित्यकार,गान्तोक के.एन.शर्मा वरिष्ठ साहित्यकार,गान्तोक एस.एम.खान, वरिष्ठ साहित्यकार,गान्तोक ,आसाहाङ आङबो "दर्शन" युवा सर्जक,दरामदिन ,तबस्सुम परवीन अन्सारी ,युवा सर्जक,नाम्ची कविता शर्मा ,युवा सर्जक आसाम, शिवाकोटी 'राजेन चन्द्र ' वरिष्ठ साहित्यकार ,टेकनाथ तिवारी वरिष्ठ साहित्यकार गेजिङ्ग सिक्किम,देविका मङ्ग्राती राई, मञ्जुला तामाङ सुब्बा वरिष्ठ साहित्यकार, दार्जिलिङ,सुमित्रा अविरल, वरिष्ठ साहित्यकार, दाङ,प्रदीप रसाइली,वरिष्ठ लेखक, हास्यव्यङ्ग्यकार सिलगढीलाई अभिनन्दन पत्र हस्तान्तरण गरिएको थियो ।
पुस्तक लोकार्पण

स्थानीय तथा अतिथि कविहरूद्वारा कविता वाचन वाचन गरिएको थियोे ।कार्यक्रममा कलाकारहरूले नृत्य र गायकहरुले गीत प्रस्तुत गरेका थिए ।कार्यक्रममा पुस्तक एवम् गीति एल्बम समेत लोकार्पण गरिएको थियो। कार्यक्रमकोको सञ्चालन विदुर गुरुङ र सोमबहादुर राईले संयुक्तरूपमा गरेका थिए ।

ट्यागहरू:
साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।