झापाली साहित्य समाजले सप्तरङ्गी कार्यक्रम गर्ने

दिलिप घिमिरे · कार्तिक ९, २०८१ ७:४६ PM
Cover Image for News


 झापाली साहित्य समाजले सप्तरङ्गी कार्यक्रम गर्ने 

९ गते कार्तिक /साहित्य र संस्कृतिका क्षेत्रमा कृयाशील झापाली साहित्य समाजले सप्तरङ्गी कार्यक्रम गर्ने भएको छ । झापाको बिर्तामोडमा फरक शैलीमा आयोजना हुँदै आएको कार्यक्रम “सप्तरङ्गी”को पाँचौं  शृङ्खला कार्तिक १४ गते बुधबार  हुने अध्यक्ष हरि बरालले जानकारी दिए ।

झापाली साहित्य समाजले साहित्यका ७ विधाका ७ जना स्रष्टालाई समेटेर हरेक वर्ष कार्यक्रम गर्दै आएको छ ।दीपावली तथा छैठको अवसर पारेर २०७५ सालबाट हरेक वर्ष आयोजना हुँदै आएको छ । २०७१ सालमा स्थापना भएको समाजले साहित्यको माध्यमबाट समाजलाई सकारात्मक बाटोमा डोर्‍याउन र संस्कृतिको विकास गर्ने उदेश्य रहेको अध्यक्ष बरालले बताए ।

साई पार्टी प्यालेस भद्रपुर रोड बिर्तामोडमा आयोजना गरिने कार्यक्रममा सप्तरङ्गीको पाँचौं शृङ्खलामा कवितातर्फ कवि राजेश ढुङ्गाना र नमुना निरौला,हाँस्यव्यङ्ग्यतर्फ पिनाकी कोइराला ,गजलतर्फ हेमन्ता भण्डारी र शिव सुवेदी ,मुक्तकतर्फ पुष्पा प्रकृति चौलागाईं र केस्रातर्फ दिलिप राई सगर रहने आयोजक समितिले जनाएको छ ।

ट्यागहरू:
साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
गुरुप्रसाद मैनालीको कथा ‘कर्तव्य’ प्रदर्शनी
गुरुप्रसाद मैनालीको कथा ‘कर्तव्य’ प्रदर्शनी
खगिन्द्रा खुसी - बिहिबार २७ नोभेम्बर २०२५
‘अदृश्य आँसु’ सार्वजनिक
‘अदृश्य आँसु’ सार्वजनिक
खगिन्द्रा खुसी - बिहिबार २७ नोभेम्बर २०२५
अभागी थेगुवा विराटचाेकमा सम्मानित
अभागी थेगुवा विराटचाेकमा सम्मानित
दिलिप घिमिरे - आइतबार २३ नोभेम्बर २०२५