झाँक्रीखोलेको महाकाव्य 'साहित्य भास्कर' लोकार्पित

खगिन्द्रा खुसी · असोज १८, २०८१ ९:२० AM
Cover Image for News

गएको असोज १४ गते झापाको भद्रपुरमा साहित्यकार चूडामणि रेग्मीको जीवनीमा आधारित महाकाव्य साहित्य भाष्कर लोकार्पण भएको छ । साहित्यकार यादव प्रसाद अधिकारी'झाँक्रीखोले'द्वारा लिखित सो महाकाव्यको विमोचन मेची बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको हो । मेची वहुमुखी क्याम्पस नेपाली विभागको आयोजनामा सम्पन्न सो कार्यक्रममा नेपाली विभाग प्रमुख लीला अधिकारीको सभाध्यक्षता तथा आख्यानकार पुण्य प्रसाद खरेलको प्रमुख आतिथ्य रहेको थियो । क्याम्पस प्रमुख जीवन पोख्रेल तथा पूर्व क्याम्पस प्रमुख कमल गुरागाईको विशेष आतिथ्य रहेको सो कार्यक्रमको सन्चालन साहित्यकार खगिन्द्रा खुसीले गरेकी थिइन् । डा.गोपीकृष्ण खतिवडाद्वारा स्वागत गरिएको कार्यक्रममा प्रमुख अतिथि तथा विशेष अतिथिहरुको वाहुलीबाट महाकाव्यको लोकार्पण गरिएको थियो ।

बिमोचन.jpg 581.25 KB

 कार्पित कृतिको समालोचना प्रा.डा.गङ्गाप्रसाद अधिकारीद्वारा गरिएको थियो भने लोकार्पित कृतिभित्रबाट कविहरु मिना अधिकारी, गीता सुवेदी नेपाल, जयनारायण भट्टराई (इलाम), मातृका अधिकारी, तुलसीप्रसाद भट्टराई, हरिनारायण भट्टराई, डा.पुण्यप्रसाद सिग्देलले महाकाव्यभित्रका चारपाँच श्लोक चारपाँच श्लोक मिठो स्वरमा वाचन गरेर सुनाउनु भएको थियो भने देवीप्रसाद आचार्य तथा विरही अधिकारीले आफ्ना गजल–कविता सुनाउनु भयो । 

 कवि झाँक्रीखोले (यादवप्रसाद अधिकारी)ल महाकाव्यको लेखनगर्भ, लेख्नुको अनुभव बारे बोल्नुभयो । प्रमुख अतिथि पुण्यप्रसाद खरेल, विशिष्ट अतिथिहरु क्या.प्र.जीवन पोखरेल, पूर्वप्रमुख कमल गुरागाईंले सो महाकाव्यका काव्यनायक साहित्य भास्कर चूडामणि रेग्मीको व्यक्तित्व बारे चर्चा गर्दै महाकाव्यकार झाँक्रीखोलेलाई बधाई तथा शुभकामना व्यक्त गरिएको सो कार्यक्रममा महाकाव्यका प्रकाशक तुलसादेवी अधिकारी, नातिनी आलम्बिका, कृतिकार झाँक्रीखोलेकी बुहारी, जेठीदिदी, कविहरु तीर्थ चापागाईं, गोविन्द कोइराला, हरिप्रसाद नेउपाने, डा.ठाकुर पोखरेल, दुर्गाप्रसाद सिग्देल, गोपालप्रसाद दाहाल, शान्तिराम मिश्र, झगप्रसाद बराल, पूर्व न्यायाधीश शारदा कोइराला, खगेश्वर कोइराला, दुर्गा शर्मा भट्टराई, जयन्ती मानी, उषा गुरुङ, गोपालप्रसाद खतिवडा, सुशील खनाल, सहप्राध्यापक होम सुवेदी, हिरामणि दाहाल, अर्जुन दाहाल, चन्द्रमणि पौडेल, राजेन्द्र काश्यप अधिकारी लगायत पचासभन्दा बढी स्रष्टा साहित्यकारको उपस्थिति थियो ।

ट्यागहरू:
सहित्य literature puraskar nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू