जनकल्याण समाज को३८ अेाेँ स्थापना दिवसमा कविता प्रतियोगिता

दिलिप घिमिरे · फागुन २४, २०८१ १०:३७ PM
Cover Image for News


फागुन २४गते/आज जनकल्याण समाज कनकाई नपा-७ दुर्गापुराको३८ अेाेँ स्थापना दिवसको अवसरमा कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न गरिएको छ। 

आयोजक संस्थाका अध्यक्ष लीलाबहादुर कन्दङ्वाको अध्यक्षता र झापा जिल्ला निर्वाचन क्षेत्र नं ४ ख का प्रदेश सभा सदस्य माननीय सांसद भक्तिप्रसाद सिटौलाको प्रमुख आतिथ्य रहेको रहेको थियोे ।प्रमुख अतिथि सिटौला कार्य व्यस्तताका कारण कार्यक्रमलाई सम्बोधन गरे पश्चात् कार्यक्रम स्थलबाट बाहिरिनु भएको थियो।  

कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रेमप्रसाद भण्डारीेले स्वागत मन्तव्य सहित कार्यक्रमको अेाेचित्यमाथि प्रकाश पार्नु भएको थियो। 
 कार्यक्रममा माध्यमिक विद्यालयमा अध्ययनरत छात्र- छात्राहरुको कवि क्षमतालाई प्रस्फुटन गराउने उदेश्यले कनकाई नगरपालिकाका मावि स्तरीय कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न गरिएको हो।  

 कविताको शीर्षक आयोजक संस्थाले  लेखन स्थलमै दिएको थियोे । कविता लेखन पछि प्रतियोगिले कार्यक्रममा कविता वाचन समेत गरेका थिए। 

कार्यक्रममा निर्णायक मण्डलका देवीप्रसाद सङ्ग्रौला, मीना अधिकारी र दिलीप घिमिरेको सामूहिक निर्णयबाट   प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान क्रमश: कनकाई मावि कि छात्रा दीपशिखा कट्टेल, भृकुटी मावि कि छात्रा  कामना चापागाईँ र  फक्ताङलुङ एजुकेशन फाउण्डेसनकी छात्रा  जिज्ञासा दाहालले प्राप्त गरेका थिए। किशोरप्रसाद कोइराला र सुविना गुरागाईँलाई सान्त्वना  पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा विजयी विद्यार्थीहरूलाई नगदसहित सम्मान पत्रबाट पुरस्कृत गरिएको थियोे । 

कार्यक्रममा आमन्त्रित कविहरु गोपाल सङ्ग्रौला, दुर्गाप्रसाद सिग्देल, हरिनारायण भट्टराई, देवीचरण भण्डारी, तुलसीप्रसाद भट्टराई, भीम दाहाल, शिशिर भट्टराई, भगवती ढुङ्गेल, देवी सङ्ग्रौला, देवु चापागाईँ, दिलिप घिमिरे, हस्त परियार ,एञ्जल पोखरेल, दुर्गा नेम्वाङ र खगेन्द्र खनालले आ- आफ्ना रचना वाचन गर्नु भएको थियो।  

नेपाल रेडक्रस सोसाईटी, झापा शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम समेत गरिएको थियोे ।

फोटो
कार्यक्रममा " रक्तदान जीवनदान " भन्ने नारालाई सार्थ बनाउन रक्तदान कार्यक्रम समेत गरिएको आयोजक संस्थाका अध्यक्षले बताउनु भयो।
  रक्तदानमा १६ पिन्ट रगत सङ्कलन गरिएको थियो। रक्तदानमा  हर्कबहादुर लुहागुन,रमा श्रेष्ठ, कृष्णबहादुर कार्की, भाष्कर निरौला, देवेन्द्र उप्रेती, मलिहाङ आङथुपो, प्रज्वल कन्दङ्वा, डिल्लीराम चापागाईँ, इन्दिरा कार्की,राजकुमार प्रसाईं, सन्देश लिम्बू, प्रवीण रिमाल, निर्मल आङथुपो, लाजेहाङ आङभाङ र घनश्याम फूयालले रक्तदान गर्नुभएको थियो ।
   
  कार्यक्रमको सञ्चालन संस्थाका सचिव हर्कबहादुर लुहागुनले गर्नु भएको थियो ।

ट्यागहरू:
साहित्य# छन्द #कविता
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।