गुन्जन पुरस्कार लेकालीलाई प्रदान

खगिन्द्रा खुसी · कार्तिक ४, २०८१ १०:४० PM
Cover Image for News

  २०८१ कार्तिक ४,काठमाडौं ।
 गुञ्जन (नारी साहित्यिक संस्था)ले आज साहित्यकार राधेश्याम लेकालीलाई "गुन्जन साहित्य पुरस्कार २०८०"बाट सम्मान गरेको छ । लामो समय देखि नेपाली साहित्यका क्षेत्रमा संलग्न नेपाली साहित्यिक पत्रकार महासंघका अध्यक्ष लेकालीलाई आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । 
 

फोटो
"गुन्जन"की अध्यक्ष साहित्यकार जलेश्वरी श्रेष्ठको सभापतित्वमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि साहित्यकार एल.बी क्षेत्री, वरिष्ठ कवि द्वारिका श्रेष्ठ र वरिष्ठ सर्जक नरेन्द्रबहादुर श्रेष्ठले नगद दस हजार राशीसहित सो सम्मान प्रदान गर्नु भएको हो । 
 
प्रमुख अतिथि साहित्यकार एल.बी क्षेत्रीले "नारीवाद" विषयमा आफ्नो धारणा राख्नु भएको सो कार्यक्रमलाई संस्थाकी महासचिव सुस्मिता नेपालले सञ्चालन गर्नु भएको थियो भने कार्यक्रममा साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

ट्यागहरू:
सहित्य literature svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
गुरुप्रसाद मैनालीको कथा ‘कर्तव्य’ प्रदर्शनी
गुरुप्रसाद मैनालीको कथा ‘कर्तव्य’ प्रदर्शनी
खगिन्द्रा खुसी - बिहिबार २७ नोभेम्बर २०२५
‘अदृश्य आँसु’ सार्वजनिक
‘अदृश्य आँसु’ सार्वजनिक
खगिन्द्रा खुसी - बिहिबार २७ नोभेम्बर २०२५
अभागी थेगुवा विराटचाेकमा सम्मानित
अभागी थेगुवा विराटचाेकमा सम्मानित
दिलिप घिमिरे - आइतबार २३ नोभेम्बर २०२५