चौतारीले भारतीय स्रष्टाहरुलाई संस्थागत अभिनन्दन तथा सम्मान गर्यो।

दिलिप घिमिरे · भदौ २९, २०८१ ९:४८ PM
Cover Image for News


बिर्तामोड । आज साहित्य चौतारी झापा नेपालले भारतका विभिन्न प्रान्तमा रहेका साहित्यिक संघ संस्थाहरुलाई संस्थागत अभिनन्दन तथा सम्मान गरेको छ। ।
 संस्थागत अभिनन्दन तथा सम्मान कार्यक्रमको प्रमुख असम नेपाली साहित्य सभाका सभापति दुर्गा खतिवडाको सभापतित्वमा तथा साहित्य चौतारी झापाका संस्थापक, संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थागत अभिनन्दन तथा सम्मान कार्यक्रम गरिएको थियोे ।

संस्थाले पहिलोपटक भारतका विभिन्न प्रान्तमा रहेर नेपाली भाषा, साहित्य, कला, संस्कृतिमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका साहित्यिक संघ संस्थाहरुलाई संस्थागत अभिनन्दन तथा सम्मान गरिएको साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले जानकारी दिए । 
 साहित्य चौतारीले संस्थागत अभिनन्दन तथा सम्मान गर्नका लागि मापदण्ड तय गर्दै अध्ययन समिति गठन गरेक थियोे  र समितिले ज्येष्ठता, वैधानिकता, निरन्तरता, प्रमुख लक्ष्य, समावेशी लगायतका मापदण्ड तय गरि संस्थागत सम्मानका लागि संस्थाहरुको छनौट गरिएको  हो। ।  
    
 बिर्तामोडमा साहित्य चौतारीको सभाहलमा भएको कार्यक्रममा भारत दार्जीलिङका गोर्खा दुःख निवारक सम्मेलन, नेपाली साहित्यिक सम्मेलन, हिमालय कला मन्दिर, खर्साङका गोर्खा जनक पुस्तकालय, जागृति परिवार, गोर्खा संस्कृतिक संस्थान, सिलगढीका सिलगढी देवकोटा संघ, सिलगढी भानुभक्त समिति, आश्रामपाडा नेपाली शिव मन्दिर समिति, नेपाली साहित्य प्रचार समिति, मतिगडा गोर्खा कल्याण संघ, गान्तोकको सिक्किम साहित्य परिषद्, गेजिङका पश्चिम सिक्किम साहित्य प्रकाशन, कालेङपुङका नेपाली साहित्य अध्ययन समिति, आसामका आसाम नेपाली साहित्य सभा, मणिपुरका मणिपुर नेपाली साहित्य परिषद्, डुबर्सको डुबर्स नेपाली साहित्य परिषद, सिलङको  सिलोङ नेपाली साहित्य परिषद्, सलुवाको अगमसिंह गिरि संस्थान, मिरिकको चिमल क्लब परिवार, मिरिक साहित्य सुनौ परिवारलाई कार्यक्रममा प्रमुख अतिथि खतिवडा र संस्थाका अध्यक्ष श्रेष्ठले सम्मान पत्र,दोसल्ला र भादगाउँले सहित नौमति बजाएर धुमधामसँग सम्मान गरिएको थियो।


ट्यागहरू:
साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
शिवसताक्षीमा ६० औं बाल दिवस मनाइयो
शिवसताक्षीमा ६० औं बाल दिवस मनाइयो
दिलिप घिमिरे - शुक्रबार १३ सेप्टेम्बर २०२४
क्यानडामा स्वीकारोक्ति डिस्कोर्स हुँदै
क्यानडामा स्वीकारोक्ति डिस्कोर्स हुँदै
खगिन्द्रा खुसी - बिहिबार १२ सेप्टेम्बर २०२४