चुलाचुलीमा कृति चर्चा तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

दिलिप घिमिरे · असोज १८, २०८१ १०:१० PM
Cover Image for News

 चुलाचुलीमा कृति चर्चा तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न 
 १८असोज /चुलाचुली भाषा साहित्य संस्कृति तथा पर्यटन समन्वय समितिको आयोजनामा कृति परिचर्चा तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ।

 कार्यक्रममा दशै,तिहार, छठ,चासोक तङ्नाम लगायत पर्वहरूको शुभकामना आदानप्रदान तथा रचना वाचन गरिएको थियो ।
 संस्थाका अध्यक्ष साहित्यकार विवश बलिभद्र कोइरालाको अध्यक्षता तथा चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

 कार्यक्रममा चुलाचुली गापा उपाध्यक्ष दिलकुमारी लावती र कृतिकार जीवनहरि शर्माको विशेष आतिथ्यमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष कवि सुन्दर कुरुपले कविता सहित स्वागत मन्तव्य राखेका थिए।

 चुलाचुलीलाई भाषा,साहित्य ,कला,संस्कृति र पर्यटनको माध्यमबाट हामी चिनाउन चाहन्छौं ।भौतिक विकाससँगसँगै चेतनाको पनि विकास होस् तब देश बन्छ। स्थानीय सरकारको तर्फबाट यस आर्थिक बर्षमा पाँच लाख रुपैयाँ यस समितिलाई विनियोजन गरिएको गापा अध्यक्ष केरुङले बताए ।

photo
कार्यक्रममा लेखक तथा खोजकर्ता जीवनहरि शर्माको काव्य  संग्रह सप्तसरोवर काव्यको परिचर्चा गरिएको थियो ।समालोचक हेम अधिकारी,प्राज्ञ सुमित्रा वाङ्देल चेली र साहित्यकार यज्ञ परिश्रमीले पुस्तकको परिचर्चा गरेका थिए।

 लेखक शर्माको सातौं कृति हो सप्तसरोवर काव्य ।यसमा नयाँ संरचनामा आधारित इलामका ४९ गाउँ,१० पालिका,८१ वडा सम्पूर्ण जनप्रतिनिधि,जातजाति,धर्म सम्प्रदाय,कविकलाकार,शैक्षिक अभियन्ता,खेतीबाली,नदनदी, चुली थुम्का,झरना,छाँगा,ताल,पोखरी,गुफा,ओढार, धार्मिक,शैक्षिक,जनस्वास्थ्य स्थलहरू तथा यहाँका तमाम प्राकृतिक सम्पदालाई समेटिएको ९४ शीर्षक र २१ छन्दमा संरचित तथ्याङ्कमा आधारित यो कृति रहेको छ।

कार्यक्रममा काव्य कृतिको विषयमा समीक्षात्मक टिप्पणी गर्दै वक्ताहरूले यो कृति इलामको ऐतिहासिक खोजमुलक रहेको हुँदा  पठनीय कृति बनेको बताए ।

 कार्यक्रममा चुलाचुली गापा उपाध्यक्ष दिलकुमारी लावती  चुलाचुली गापा-१ का वडा अध्यक्ष पूर्ण लावती ,चुलाचुली-५का  वडा अध्यक्ष बविन राई र पुस्तक प्रकाशक प्रेमप्रकाश पोख्रेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

photo
कार्यक्रममा कवि अभागी थेगुवा,साहित्यकार तुलसीप्रसाद भट्टराई,पत्रकार/साहित्य स्रष्टा भुपेन्द्र तिम्सिना,सतासी साप्ताहिक पत्रिकाका सम्पादक सेलिङ केसी ,साहित्यकार गोपालप्रसाद दाहाल,चुलाचुली गापा-२ का वडा अध्यक्ष लक्ष्मण श्रेष्ठ ,चुलाचुली गापा-३ का वडा अध्यक्ष प्रेम श्रेष्ठ,चुलाचुली गापा-४ का वडा अध्यक्ष सागर जवेगु,नवनालो साहित्य प्रतिष्ठान शिवसताक्षी नगरपालिकाका अध्यक्ष दिलिप घिमिरे,एनवि दाहाल नवीन ,गीतकार दिलिप राई सगर,सञ्जय राई,उद्धव न्यौपाने,राजकुमार सुब्बा अनिश्चित,रुमानी कुलुङ,गजलकार भिजन गुरागाईँ,विरेन्द्र खड्का ,विनोद थापा,सौरभ बाँस्तोला,रीता पोखरेल ,शिशिर भट्टराई सावित्रा पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।
उपस्थित कवि तथा स्रष्टाहरुले आ-आफ्ना  रचना वाचन गरेका थिए। कार्यक्रमको सञ्चालन सचिव रुद्र प्रभातले गरेका थिए ।
photo

ट्यागहरू:
साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू