बितेर गएका मेरा दिनहरूलाई

सानु शर्मा पोष्ट - खगिन्द्रा खुसी · भदौ १४, २०८१ ९:४५ PM
Cover Image for News

मेरा दिनहरू
बाँच्दाबाँच्दै विगत भएर गए ।
 बितेर गएका मेरा दिनहरूलाई
 बाँच्दाबाँच्दै विगत भएर
 अधूरै रहेका क्षणहरूलाई
 आफैँसँग बोकिराख्न पाए
 सँगै राख्नमा व्यवधान नआए
 तिनका हिँडाइ सच्याइदिने थिएँ ।
  
 छोडेर गएका मेरा ती दिनहरू
 फर्केर फेरि आउने भए
 तिनलाई मैले सच्याउन पाउने भए
 फेरिदिने थिएँ तिनका अनुहार
 पुछिदिने थिएँ गल्ती र पश्चाताप ।
  
 यत्तिकै खेर गएका मेरा ती दिनहरूलाई
 केही अर्थ दिने थिएँ
 आफ्नो इच्छा अनुरूप
 अघिपछि सारिदिने थिएँ
 आफ्नो अनुकूल पारिदिने थिएँ ।
  
 सबैभन्दा पहिले त म
 गल्तीहरूको फेहरिस्त हेरेर
 अतिसंवेदनशील आफ्नो हृदयलाई
 छातीबाट झिकेर
 कुनै डस्टबिनमा हालिदिने थिएँ
 कतै टाढा लगेर नभेटिने गरी फालिदिने थिएँ ।
  
 आँशुले भिजेका दिनहरूमा
 खुशीको रङ्ग छरिदिने थिएँ
 ठिङ्ग उभिएका दिनहरूका पैतालामा
 नृत्यका तरङ्ग भरिदिने थिएँ
 बाँधिएका सबै दिनहरूलाई
 खुल्ला उडानमा छोडिदिने थिएँ ।
  
 फर्केर फेरि आउने भए यदि
 टाढिएर गएका मेरा ती दिनहरू
 केहीलाई कहिल्यै नसम्झने गरी फिर्ता पठाइदिने थिएँ
 केहीलाई कहिल्यै नछुट्ने गरी छातीमा टाँसिरहने थिएँ ।

 ०००

- सानु शर्मा

ट्यागहरू:
सहित्य कविता sahitya svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
चिठ्ठीहरू
चिठ्ठीहरू
अबिर खालिङ पोष्ट- दिलिप घिमिरे - बुधबार १८ सेप्टेम्बर २०२४
म मरेको दिन
म मरेको दिन
चन्द्र भण्डारी पोष्ट - खगिन्द्रा खुसी - बुधबार १८ सेप्टेम्बर २०२४
सोह्र श्राद्ध
सोह्र श्राद्ध
राजेन्द्र भण्डारी पोष्ट - खगिन्द्रा खुसी - बुधबार १८ सेप्टेम्बर २०२४
यात्रारत छौं हामी
यात्रारत छौं हामी
पुण्य खरेल पोष्ट-दिलिप घिमिरे - मङ्गलबार १७ सेप्टेम्बर २०२४