असममा कल्पना देवीको निबन्ध सङ्ग्रह विमोचन

खगिन्द्रा खुसी · असार ११, २०८१ १०:०७ PM
Cover Image for News

भारत-असम । लक्ष्मण अधिकारी । २३ जुन, २०२४ आइतवारको दिन भारतको असममा ‘कलियाबर भानु समिति’को आयोजनामा एक साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । भारत ‘कलियाबर भानु समिति’को अध्यक्ष नरबहादुर क्षेत्रीको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कलियाबर नगाउँ निवासी कल्पना देवी आत्रेयको तेस्रो कृति ‘सिर्जना र अभिव्यक्ति' (निबन्ध सङ्ग्रह) को विमोचन गरिएको हो । नेपाली साहित्यका क्षेत्रका वरिष्ठ समालोचक तथा साहित्य अकादमी (अनुवाद) पुरस्कार प्राप्त ज्ञानबहादुर क्षेत्रीको बाहुलीबाट विमोचन गरिएको उक्त पुस्तकको समीक्षात्मक टिप्पणी नेपाली भाषा परामर्श समिति-साहित्य अकादमी, नयाँ दिल्लीका सदस्य चन्द्रमणि उपाध्यायले गर्नुभएको थियो । 

photo

सभामा असमको नेपाली साहित्यको क्रमविकासबारे साहित्यकार तथा समीक्षक लक्ष्मण अधिकारीले मन्बोतव्ल्नुय राखेका थिए  भने असम राज्यका भारतीय जनता पार्टीका सदस्य, असम राज्यका शिक्षा शाखाका संयोजक तथा कलियाबर महाविद्यालयका पूर्व प्रवक्ता श्रीमान् उत्पल बरालले भारतीय दर्शन विषयमा सारगर्भित मन्तव्य राखेका थिए । कार्यक्रममा साहित्यकार तथा समाजसेवी वसुन्धरा शर्माले शुभकामना मन्तव्य राखेपछि बहुभाषिक कविता वाचन कार्यक्रम सुरु गरिएको थियो । मोहन उपाध्यायले सञ्चालन गरेको कविगोष्ठीमा डेढ दर्जन कविहरूले नेपाली र असमिया भाषामा कविता वाचन गरेका थिए ।
photo

 इस्वी सं. १९७२ मा स्थापना भएको कलियाबर भानु समितिको स्थापना,
विकास तथा आजसम्मका गतिविधिहरुका बारेमा समितिका सचिव थानेश्वर खनालले जानकारी गराएका थिए । देशप्रेम, राष्ट्रियता, अध्यात्म, संस्कृति, समाज, जीवनी
आदि विषयका लेखहरूका साथै समीक्षात्मक लेखहरु समेत समेटिएको यस बिमोचित सङ्ग्रहमा निम्न १६ वटा निबन्धहरु समेटिएका छन् – १. भारतीय संस्कृतिमा नारीको स्थान, २. भारतवर्षको इतिहास लेखनका विभिन्न स्रोतहरू, ३. पूर्वोत्तर भारतका जनजातीय भाषाहरू, ४. हराउँदै गएको संस्कृति र यसको भविष्य, ५. दसैँ, ६. तिज पर्व : अध्यात्म र संस्कृति, ७. असमको काव्यिक धरातलमा छन्दकविता र छन्दकविहरू, ८. आदिकवि भानुभक्त आचार्य र नेपालीभाषी जगत्को एकीकरण, ९. त्याग र आत्मबलिदानकी जाग्रत् प्रतीक सती जयमती, ११. सोलङका दानवीर तथा समाजसेवक दधिराम उपाध्याय, ५४ १०. मैले देखेका शतायुपुरुष : चन्द्रमोहन छेत्री, १२. तारापति उपाध्यायको ‘साहित्य, संस्कृति एवम् धर्मका केही आराधिका मातृहरू’ एक विहङ्गम दृष्टि, १३. कवि विद्यापति दाहालको ‘कविता-मञ्जरी’ एक तात्पर्य चिन्तन, १४. अदम्य इच्छाशक्तिको प्रतीक हो दुर्गादत्त गौतमको ‘महीयसी’ उपन्यास, १५. विष्णु शर्मा नेउपानेको उपन्यास ‘घाम छाँया’ कति घाम कति पानी, १६. भारतीय नेपाली जाति : एक अवलोकनको बुँदागत अध्ययन ।  ‘कलियाबर भानु समिति’ले प्रकाशन गरेको यो पुस्तकको मूल्य २५० (भारु) रहेको छ। 
 
 
 
 





ट्यागहरू:
सहित्य news
टिप्पणीहरू
User
Lakshman Adhikari
२ महिना अगाडि

समाचार सम्प्रेषणका धन्यवाद।

सम्बन्धित पोस्टहरू