अनमोलको 'अन्तिम कुमारी रात'मााथि बहस

खगिन्द्रा खुसी · भदौ १५, २०८१ ९:४४ PM
Cover Image for News

भदौ १५ बिर्तामोड । आज विर्तामोडमा 'अन्तिम कुमारी रात' कविता सङ्ग्रहको गृह विमोचन गरिएको छ । श्रावण महिनाको दोस्रो हप्ता काठमाडौँमा विमोचन गरिएको स्रष्टा लीला अनमोलको तेस्रो कृति अन्तिम कुमारी रातको गृह जिल्लामा विमोचन गरी विमोचित कृतिमाथि बहस समेत गरिएको थियो । ख्यातिप्राप्त कवि मनु मञ्जिलको प्रमुख आतिथ्य रहेको कार्यक्रमको बहसमा चर्चित कवि टीका आत्रेय तथा प्राज्ञ मुनाराज शेर्माको सहभागिता रहेको थियो । कृति बहसका क्रममा कवि टीका आत्रेयले अन्तिम कुमारी रातमा अनमोलले लेखे जसरी महिला तथा प्रेमका सम्बन्धमा कविता लेख्न ठुलै आँट र साहस चाहिन्छ भन्दै कवि अनमोलको प्रसंसा गरेकी थिइन् । मन्तव्यको क्रममा प्रमुख अतिथी मनु मन्जिलले कविले लेखेको सिर्जना कि त केही हुँदैन कि त विश्वस्तरीय हुन्छ भन्दै कवि अनमोलका कविता पनि अन्तर्राष्ट्रिय स्तरका रहेका धारणा व्यक्त गरेका थिए । स्रष्टा साङसेन पन्धाकले सन्चालन गरेको बहस कार्यक्रममा टीका आत्रेय तथा मुनाराज शेर्माको सहभागिता रहेको थियो भने अग्रज पत्रकार चन्द्र भण्डारी, गीतकार शिवशंकर थापा, पुण्य प्रसाद खरेल लगायतले मन्तव्य राखेका थिए । स्रष्टा विवश वलिभद्र कोइरालाले सन्चालन गरेको कार्यक्रममा अग्रज स्रष्टा केशव आचार्यले स्वागत गरेका थिए । नेपाली लेखक संघ झापाको आयोजना तथा किरात मुन्धुम प्रतिष्ठान दमकको सह-आयोजनामा सम्पन्न कार्यक्रम साई पार्टी प्यालेश विर्तामोडमा सम्पन्न भएको थियो । प्रेम भनेको आकर्षण र शारीरिक सम्बन्ध होइन, प्रेम मनको पवित्र भावना हो जसले जीवनलाई जीवन बनाउनका लागि महत्वपूर्ण भूमिका खेलेको हुन्छ भन्दै स्रष्टा अनमोलद्वारा मन्तव्य राखिएको कार्यक्रममा झापा इलाम तथा देशभरिका स्रष्टाहरुको बाक्लो उपस्थिति रहेको थियो । 

ट्यागहरू:
सहित्य कविता samachar svikarokti nepalisahitya
टिप्पणीहरू
User
लक्ष्मण अधिकारी
२ हप्ता अगाडि

कृतिले विस्तार पावोस्, शुभकामना।

सम्बन्धित पोस्टहरू