अग्रज पत्रकार र साहित्यकारबाट आशीर्वाद ग्रहण गरि दशै बिदा

दिलिप घिमिरे · असोज ३०, २०८१ ९:५४ PM
Cover Image for News

३० गते असोज /साहित्य चौतारी बिर्तामोड झापाले अग्रज पत्रकार, साहित्यकारबाट दशैंको टीका लगाई आशीर्वाद ग्रहण गरी यसवर्षको दशैंलाई विदाई गरेको छ ।

साहित्य चौतारी बिर्तामोड झापा नेपालका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको नेतृत्वमा गएको टोलीले अग्रज पत्रकार  तथा संस्थाका अभिभावक नकुल काजी र पूर्वका मोतीरामको रूपमा परिचित अग्रज साहित्यकार  तथा संस्थाका संस्थापक सल्लाहकार चूडामणि रेग्मीको हातबाट टीका लगाई आशीर्वाद ग्रहण  गरी  यसवर्षको दशैंलाई विदाई गरेको हो ।

साहित्य चौतारीले गत २०७४ सालको कोजाग्रत पूर्णिमाको दिन संस्थाका संस्थापक प्रमुख अतिथी राष्ट्रकवि माधवप्रसाद घिमिरेको हातबाट दशैंको टीका लगाई आशीर्वाद ग्रहण गरेको संस्थाका अध्यक्ष देवीभक्त श्रेष्ठले बताउनु भयो ।

यस वर्ष पनि उक्त कार्यलाई निरन्तरता दिंदै अग्रज पत्रकार नकुल काजी र पूर्वका मोतीरामको रूपमा परिचित अग्रज साहित्यकार चूडामणि रेग्मीको हातबाट टीका लगाई आशीर्वाद ग्रहण गरिएको उहाँले बताउनु भयो । 

 संस्थाका अध्यक्ष देवीभक्त श्रेष्ठको  अध्यक्षता तथा अग्रज साहित्यकार चूडामणि रेग्मीको प्रमुख आतिथ्यमा रेग्मी निवास झर्रो नेपाली घरमा भएको कार्यक्रममा  अध्यक्ष श्रेष्ठ र संस्थाका  पदाधिकारीहरूले साहित्यकार रेग्मीलाई टीका,माला,खादा,टोपी लगाईदिएर आशीर्वाद ग्रहण गरेका थिए। अध्यक्ष श्रेष्ठले भानुभक्तिय रामायण र माधवप्रसाद घिमिरेको  नेपाली हामी र  अध्यक्ष श्रेष्ठ र गायिका कमला प्रधानले बिछोडको पीडा, कमला प्रधानले फरिया ल्याई दिएछन् बोलको गीत गाएर मनोरञ्जन गराउनु भएको थियो ।

साहित्यकार रेग्मीले साहित्य चौतारीको टोलीलाई टीका लगाउंदै साहित्य,संगीत, कला,संस्कार संस्कृति र परम्पराको जगेर्ना गरेकोमा खुशी व्यक्त गर्दै साहित्य चौतारीको स्वर्ण वर्ष लक्षित कार्यक्रम सफलताको शुभकामना दिएका थिए । 

कार्यक्रममा संस्थाको तर्फबाट अध्यक्ष देवीभक्त श्रेष्ठसहितको टोलीले पत्रकार काजी,उहाँकी श्रीमती रीता,छोरी समृद्धीलाई टीका,माला,खादा र उपहार प्रदान गर्नु भएको  थियो । 
 कार्यक्रममा अग्रज पत्रकार काजीले साहित्य चौतारीलाई बिर्तामोड केन्द्रीत संस्था मात्र  नभएर  झापा जिल्लाकै नमूना संस्था बनाउन आग्रह गर्नु भयो ।

 साहित्य चौतारीले आगामी तिहारको गोबर्धन पूजाको दिन दक्षिणारहित सामुहिक सडक देउसी खेलिने र उक्त कार्यक्रममा सहभागिता जनाउन सबैलाई अध्यक्ष श्रेष्ठले आग्रह गर्नु  भएको छ । 
 कार्यक्रमको सञ्चालन संस्थाका सचिव तुलसीप्रसाद निरौलाले  गर्नुभयो । 

ट्यागहरू:
साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।