शिवपुरी साहित्य समाजले विभिन्न विधाका ६ जना स्रष्टाहरूलाई सम्मान गर्ने
झापा, फागुन १६ । शिवपुरी साहित्य समाजले विभिन्न विधाका ६ जना स्रष्टाहरूलाई सम्मान गर्ने भएको छ ।
छनौट समितिका संयोजक वियोगी बुढाथोकीको संयोजकत्वमा ५ सदस्यीय छनौट समितिद्वारा गरिएको निर्णयअनुसार विष्णु पुष्पा साहित्यिक पत्रकारिता सम्मान -२०८२ नवराज रिजाल ( नव प्रज्ञापन)लाई, शिवपुरी गजल सम्मान- २०८२ आँचल कुमार शर्मालाई, गौरी कार्की स्मृति मुक्तक सम्मान २०८२ सुशीला पौडेललाई , नरबहादुर भारती स्रष्टा सम्मान -२०८२ शैलेन्द्र साकारलाई, मान शोभा प्रतिभा सम्मान २०८२ प्रा.डा.लालमणि पाण्डेलाई र शिवपुरी विष्णु -कृष्ण स्रष्टा सम्मान-२०८२ राम सञ्जेललाई अर्पण गरिने भएको हो ।
उक्त सम्मानहरू २०८२ चैत २१ गते शनिबार गुन्द्रुक , मकै, भटमास कार्यक्रम आयोजना गरी टोखा चण्डेश्वरी काठमाडौँमा अर्पण गरिने जानकारी 'शब्दपथ'लाई समाजका महासचिव प्रकाश घायलले दिनुभएको छ।